एक हजार मेगावट विद्युत अबरुद्ध, लोडसेडिङ हुने उच्च जोखिम

संवाददाता ।

असोज १५ काठमाण्डौ । गत असोज ७ गतेदेखि देशभर लगातारको भारी वर्षाका कारण जलविद्युत उत्पादनमा पनि ठूलो गिरावट आएको छ ।

बाढी र पहिरोले विद्युत गृहहरूमा क्षति पु¥याउँदा र नदीको बहाव असामान्य हुँदा करिब १००० मेगावाट विद्युत उत्पादन ठप्प भएको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बताउनु भएको छ ।

जसका कारण विद्युत आपूर्तिमा समेत समस्या उत्पन्न हुन सक्ने बताइएको छ । विपद्को यस घडीमा आवश्यक सतर्कता अपनाउन र सुरक्षाका उपायहरू अबलम्बन गर्न सरोकारवाला निकायहरूले अपील गरेका छन् ।

वर्षाका कारण ४९ जिल्लामा बाढीको उच्च जोखिम भन्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सचेत गराएकोछ । देशका अधिकांश भागमा भइरहेको भारी वर्षाका कारण जनजीवन प्रभावित भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मुलुकका ४९ वटा जिल्लामा आकस्मिक बाढीको उच्च जोखिम रहेको छ ।

विशेषगरी नारायणीलगायतका ठूला नदीहरूमा जलस्तर तीव्र गतिमा बढिरहेको छ । यसका कारण नदी तटीय क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणलाई सतर्क रहन आग्रह गरिएको छ ।

बाढी र पहिरोका कारण देशका मुख्य राजमार्गहरूमा समेत यातायात अवरुद्ध भएको छ । बिपी राजमार्ग, नारायणगढ–मुग्लिन सडकखण्ड र पृथ्वी राजमार्गका दर्जनौं स्थानमा पहिरो जाँदा सयौं सवारीसाधन र यात्रुहरू समस्या परेकोछ ।

अबरुद्ध भएका अधिकांश राजमार्गहरू एकतर्फी खुलेपनि झरी परेमा समस्या हुनेसक्ने बताइएकोछ । झरी अधिकांश स्थानमा रोकिएपनि केही स्थानहरूमा अझै पनि छिटपुट पानी परिरहेको छ।

About Everest News 911 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*