निजामती सेवा विधेयक बन्दै

संवाददाता

असोज १३, काठमाण्डौँ । लामो समयदेखि चर्चामा रहेको संघीय निजामती सेवा विधेयक अघि बढाउने तयारी सरकारले गरेको छ। यसअघि विधेयकलाई प्राथमिकतामा राखे पनि हालसम्म संसद्मा प्रस्तुत नभएपछि यसको प्रक्रियाबारे सांसदहरूले प्रश्न उठाएका थिए ।

“अवकाश, पदपूर्ति, बढुवा, सेवाको अवधि

तथा प्रशासनिक संरचना

लगायतका विषयमा महत्वपूर्ण परिवर्तन“

प्रस्तावित विधेयकको मस्यौदामा निजामती कर्मचारीको अवकाश, पदपूर्ति, बढुवा, सेवाको अवधि तथा प्रशासनिक संरचना लगायतका विषयमा महत्वपूर्ण परिवर्तन प्रस्ताव गरिएको छ। मस्यौदामा नियमित अवकाशको उमेर ६० वर्ष कायम राख्दै, एकपटकका लागि ५५ वर्ष उमेर वा ३० वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई अवकाश दिने प्रस्तावसमेत गरिएको छ।

त्यस्तै, विशिष्ट प्रकृतिका कार्यकारी वा विशेषज्ञ पदमा निश्चित अवधिका लागि प्रतिस्पर्धाबाट बाहिरबाट जनशक्ति ल्याउन सकिने व्यवस्था प्रस्ताव गरिएको छ।

हाल विधेयकको प्रक्रिया कहाँसम्म पुगेको र संसद्मा कहिले प्रस्तुत हुन्छ भन्ने विषयमा भने अझै स्पष्टता आएको छैन। सरकारले संसद् अधिवेशन अन्त्य गरी अध्यादेशमार्फत निजामती सेवा सम्बन्धी कानुन ल्याउने हो कि भन्ने प्रश्नसमेत प्रतिनिधिसभामा उठेको छ।

About Everest News 910 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*