सहमतिको यौन सम्बन्धलाई बलात्कारको आरोप लगाउने किशोरीलाई साढे तीन वर्ष जेल

सहमतिको यौनसम्बन्धलाई बलात्कारमा परिणत गरेको ठहरसहित एकजना किशोरीलाई जिल्ला अदालत अछामले जेल सजाय सुनाएको छ। अछामको कमल बजार नगरपालिका निवासी १९ वर्षीया ती किशोरीलाई जिल्ला अदालत अछामका न्यायाधीश नवीनकुमार जोशीको इजलासले साढे तीन वर्ष लामो जेल सजाय सुनाएको हो।

ती किशोरीले आफ्नो घरमै बिहेको प्रस्ताव लिएर आएका रामारोशन गाउँपालिका निवासी २० वर्षीय पुरुषमाथि बलात्कार अभियोगसहित मुद्दा हालेकी थिइन्।
गत माघ १५ गते बिहेका लागि माग्न आएका ती पुरुष र किशोरीबीच सहमतिमै यौनसम्बन्ध भएको थियो। तर उनले आफूमाथि बलात्कार गरेको आरोपसहित घटनाको दुई दिनपछि उनले जवरजस्ती करणीसम्बन्धी जाहेरी जिल्ला प्रहरी कार्यालय अछाममा दर्ता गराएकी थिइन्।

बिहेको प्रस्ताव लिएर आएका ती पुरुष र आफू रातको समयमा एउटै कोठामा सुतेको अवस्थामा बलात्कार गरेको दाबी ती किशोरीको थियो। एकै कोठामा अलग अलग सुते पनि राति आफूलाई जवरजस्ती करणी गरेको जिकिर उनको थियो।

तर जिल्ला सरकारी वकिलसँगको बयानमा ती पुरुषले जवरजस्ती करणी नगरेको बताएका थिए। बरु किशोरीसँगकै सहमतिमा यौनसम्बन्ध स्थापित गरेको बयान न्यायाधीवक्तासमक्ष दिएका थिए। उक्त दिन किशोरीकै घरमा बास बसेका ती पुरुष आफन्तसहित बिहेको टुंगो नगरी फिरेको खुलेको छ। आफन्तको निधन भएकाले तत्कालै बिहे गर्न सम्भव नभएको बताएर गएका ती पुरुषमाथि किशोरीले बलात्कार मुद्दा हालेकी थिइन्।

किशोरीले जिल्ला न्यायाधीवक्तसँगको बयानमा ती पुरुषले बिहे नगर्ने बुझेपछि बलात्कार मुद्दा चलाएको बताएकी थिइन्। दुवैजनाको बयान सकिएपछि जिल्ला सरकारी वकिलको कार्यालयले उक्त मुद्दा अदालत लगेको थियो। अदालतले पनि दुवैको बयान, आवश्यक प्रमाण र शारीरिक परीक्षणसहितको विवरणको अध्ययन गरेपछि ती किशोरी र पुरुषबीच सहमतिमै यौन सम्बन्ध स्थापित भएको ठहर गरेको छ। यस प्रकरणमा किशोरीलाई तीन वर्ष जेल सजाय तोकेको अदालतले ती पुरुषलाई भने सफाइ दिएको छ।

. . . . . . .  . . . . . . . . . . . . . . .  .  . . . . . . .  . . . . . . . . . . . . . . .  .

तपाईसँग समसामयिक सन्दर्भमा कुनै लेख\रचना, समाचार, प्रेस नोटहरु, सल्लाह, सुझाव र प्रतिक्रिया भएमा हामीलाई पठाउनुहोला ।

हामी सम्भव भएसम्म धन्यवादसहित प्रकाशन गर्नेछौं । सम्पादक ।

मुख्य कार्यलयः लगनखेल, ललितपुर नेपाल ।

Email:     everestnews@outlook.com

              evtelevison@outlook.com 

               Ph: 01 5550662, Cel:  98088 94906, 98510 97929

गीत-सङ्गीत र कलाकारिताको लागि

nepaliculture@mail.com

Website:

Television:  https://everesthd.tv

Online News: https://everestnewsnepal.com

. .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . .

एभरेष्ट कल्चर मिडियाद्धारा उत्पादित समाचार, चलचित्र, बृत्तचित्र, अडियो तथा भिडियो लिंक . . .

हाम्रो च्यानललाई सब्स्क्राइब, शेयर अनि बेल आइकोमा थिच्नु होला धन्यवाद  !

About Everest News 734 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*