गायक प्रशान्त तामाङको निधन

२७ पुस, काठमाडौं  । नेपाली मूलका गायक तथा अभिनेता प्रशान्त तामाङको असामयिक निधन भएको छ ।

उनको ४२ वर्षको उमेरमा आज आफ्नै निवासमा आज निधन भएको संगीतकार राजेश घतानीले जानकारी दिए ।


तामाङ भारतीय टिभी रियालिटी शो इन्डियन आइडलको तेस्रो संस्करणका विजेता हुन् । उनले गायका थुप्रै नेपाली गीत चर्चित छन् ।

गोर्खा पल्टन निशानी, धड्कन लगायतका ५ वटा नेपाली चलचित्रहरूमा नायक बनेको गायक प्रशान्त तामाङले सलमान खानको फिल्म ‘ब्याटल अफ गलवान’ बाट बलिउडमा डेब्यू गरेका हुन ।


निकट स्रोतका अनुसार कार्डियाक अरेस्टले उनको निधन भएको हो । तामाङकी एक छोरी र श्रीमती छन् ।

About Everest News 872 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*