गीताको सेमुक्ति सार्वजानिक

३ फाल्गुन, काठमाण्डौँ । विगत दुई दशकभन्दा लामो समयदेखि नेपाली तथा मातृभाषा गीत–सङ्गीत क्षेत्रमा निरन्तर सक्रिय रहँदै आएकी गीतकार तथा मोडल गीता पालुङ्वा को नयाँ सांगीतिक प्रस्तुति “सेमुक्ति पालाम” औपचारिक रूपमा सार्वजनिक गरिएको छ।

मातृभाषा संगीत संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण योगदान दिँदै आएकी पालुङ्वाले यसअघि पनि विभिन्न गीतमार्फत सांस्कृतिक चेतना अभिवृद्धिमा भूमिका निर्वाह गर्दै आएकी छन्। यही निरन्तरतामा आएको सेमुक्ति पालाम” ले प्रेम, भावना र सामाजिक यथार्थलाई पालामको पारम्परिक शैलीमा अभिव्यक्त गरेको बताइएको छ।

उक्त पालाममा “पालाम क्वीन” को रूपमा परिचित चर्चित गायिका मनु नेम्बाङफक्ताङलुङ आइडल तेस्रो सिजनका विजेता असल तुम्रोक को सशक्त स्वर रहेको छ।

दुवै कलाकारको आवाजले गीतलाई भावनात्मक गहिराइ र सांगीतिक मिठासले गीतलाई थप उचाइ दिएको छ।

गीतको शब्द सङ्कलन असल तुम्रोकले गरेका हुन् भने लय संयोजन मनु नेम्बाङले नै तयार पारेकी छन्।

छायाङ्कन झापा जिल्लाको दुधे क्षेत्रमा गरिएको हो। स्थानीय स्तरमा लाग्ने विशेष मेला, त्यहाँका प्राकृतिक हरियाली, खुला आकाश र ग्रामीण परिवेशले पालामको भावनात्मक पक्षलाई दृश्यात्मक रूपमा सशक्त बनाएको छ। भिडियोमा गीतकार गीता पालुङ्वा स्वयं र जीवन केदेनको फिचरिङ रहेको पालाममा मनु नेम्बाङ, जानू काम्बाङ, असल तुम्रोक, पुर्ण लिम्बू, अभिषेक पालुङ्वा, राजकुमारी तुम्रोक, सङ्गिता सम्बाहाम्फे, आशा काम्बाङ र मनमाया आङ्बुहाङको सामुहिक अभिनयले सेमुक्तिलाई थप सृजनात्मक, कलात्मक र लिम्ब कला र संस्कृतिको हुबहु परिस्कृत गरि जीवन्त बनाएको छ ।

कलाकार पालुङ्वाले सेमुक्ति पालाम” केवल एक सांगीतिक प्रस्तुति मात्र नभई सांस्कृतिक सम्पदाको संरक्षण र पुस्तान्तरणको प्रयास पनि हो भनि एभरेष्ट न्यूजलाई बताउनु भयो । पछिल्लो समय मातृभाषा गीत–सङ्गीतप्रति युवापुस्ताको आकर्षण बढ्दै गएको सन्दर्भमा यस्तो प्रस्तुतीकरणले सकारात्मक ऊर्जा थप्ने विश्वास व्यक्त गरिएको छ।

गीता पालुङ्वा अफिसीयल यूट्यूब च्यानेल मार्फत सार्वजानिक गरिएको सेमुक्तिले सार्वजनिक भएसँगै भिडियोले सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्महरूमा राम्रो प्रतिक्रिया पाइरहेको बताइएको छ।

लामो समयदेखि सांगीतिक यात्रामा निरन्तरता दिँदै आएकी गीता पालुङ्वाको यस नयाँ कृतिले लिम्बु मौलिक लोक भाका पालाम र धान नाचको संरक्षण र सम्बद्र्धन एवं सांस्कृतिक पहिचान जोगाउने अभियानमा थप टेवा पुर्‍याउने अपेक्षा गरिएको छ ।

एभरेष्ट रेकर्डिङ एण्ड फिल्म एडिटिङ स्टुडियो लगनखेल, ललितपुरको रेकर्डिङ तथा पोष्ट प्रोडक्सन रहेको सेमुक्तिको निर्देशन गायिका मनु नेम्बाङको रहछ भने कारियोग्राफर दिनेस माङ्मुको रहेको छ । चन्द्र वाम्बुले र सुजन श्रेष्ठको सिनेमेटोग्राफी रहेको भिडियोको सम्पादन तथा कलरिङ चन्द्र वाम्बुलेको रहेको छ ।

VDO link

About Everest News 877 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*