श्रमको लहर

एभरेष्ट न्यूज टेलिभिजन

मंसिर ५, काठमाण्डौँ ।  श्रमपिता उपमा पाएको धरान उपमहानगर पालिकाको मेयर हर्क साम्पाङको अगुवाइमा दर्ता भएको श्रम संस्कृति पार्टीले निर्वाचन आयोगबाट मान्यता पाए लगतै देशभर एक्त पार्टीको तदर्थ समिति तथा कार्यसमिति गठनले तिब्रता पाएको छ ।

यसैसन्दर्भमा केन्दीय सदस्य जितेन बान्तवाको उपस्थितिमा ओखलढुङ्गा जिल्लाबाट काठमाण्डौमा विभिन्न पेशा व्यवसाय आबद्ध भएकाहरूको भेलाले ओखलढुङ्गा काठमाण्डौँ सम्पर्क समिति तर्दथ समिति गठन गरेको छ ।


काठमाण्डौँ सम्पर्क समिति तर्दथ समिति
संयोजक        –  पवल राई
सहसंयोजक    – सिता राई
सचिव            – लेखराज राई
सहचिव          – शान्तिराम राई
कोषाध्यक्ष      – बलबहादुर राई
सहकोषाध्यक्ष – कुमार राई

सदस्य          – मतिलाल राई
                      ध्रुबकुमार राई
                      गंगाराज राई
                     उमेश राई गोर्खाली
                      भिमराज राई
                      प्रदिप राई
                      नबराज राई लगायतको नाम तदर्थ समितिको लागि भेलाले पारित गरेको छ । भेलाको आयोजना छोटो समयमा नै तयार गरिएको र महिलाको उपस्थिति न्यून रहेकोले अर्को भेलाबाट महिलाको उपस्थिति बढाएर कार्यसमिति पूर्णगरि कार्यसमिति गठन गरिने संयोजक पवल राईले बताउनु भयो ।

यसैगरि तदर्थ समितिले तत्कालै ओखलढुङ्गामा मेयर साम्पाङको उपस्थितिमा बृहत भेला तथा कार्याक्रम गरिने निर्णय गरेको समेत संयोजक राईले एभरेष्ट टेलिभिजन नेटवर्कलाई बताउनु भयो ।

जेन्जीको अप्रत्यसित आन्दोलनले ठुलो जनधनको क्षेतिले थलिएको देशमा नया आशा र नया भरोसाको साथ आगमी निर्वाचनमा जनताको मन जितेर नया इतिहास रच्न पहिलोचोटी नविनतम सोचको साथ श्रम सस्कृति पार्टी अगाडि बढेको सहसंयोजक सिता राईले बताउनु भयो ।

एभरेष्ट टेलिभिजन नेटवर्कको समाचार लिंक

About Everest News 859 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*