सेवा निवृत्त लगतै प्रहरी महानिरीक्षक खापुङलाई उपत्यका बाहिर जान रोक

गत भदौ २३ र २४ गते जेन–जी आन्दोलनको क्रममा आगोजानी तथा तोडफेड भएको घटना छानबिन गर्न बनेको जाँचबुझ आयोगले आजदेखि सेवानिवृत्त भएका नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुवेर खापुङलाई काठमाडौं उपत्यका नछाड्न निर्देशन गरेको छ।

आयोगका सदस्य एवं प्रवक्ता विज्ञानराज शर्माले एक विज्ञप्ति जारी गर्दै उनलाई उपत्यका नछोड्न निर्देशन गरेका हुन् ।

३२ र २४ को घटनाहरूको छानबिन र जाँचबुझका लागि कुनै पनि समयमा आयोगले बोलाउने भएकाले आजैदेखि लागू हुने गरी आयोगको स्वीकृतविना उपत्यका नछोड्न आयोगले निर्देशन गरेको छ ।

About Everest News 856 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*