कोरोना कहरमै व्याकुल माइला खेल मैदान विस्तार ।

ओखलढुङ्गा, जेठ ४ । कोरोना कहरले विश्व अक्रान्त र लकडाउनले देश थिलथिलो बनेको अबस्थामा सोक्माटार, हिलेपानीको युवाहरूले भने बगरमा रहेको फुटबल खेल मैदानको रुप फेर्न सफल भएकाछन ।

संसद विकास कोष अन्तर्गतको बजेट सङ्घीया संसद माननीय यज्ञराज सुनुवारले रु १० लाख विनियोजन गरिदिए पनि बजेट निकासाको सम्झौता गर्ने वित्तिकै लकडाउन शुरु भएकोले काम सम्पन्न गर्न ठूलो कसरत परेको नयाँ नेपाल सरोकार समाजका सचिव नवीनकुमार राईले बताउनु भयो ।

सम्झौता लगतैको लकडाउनले परिस्थिति प्रतिकुल बनेपनि सामाजिक दुरी कायम गर्दै दुधकोशी किनारको टंटलापुर घाममा सेकिँदै सबै युवाहरू उत्साह र उल्लासको साथ ढृटतापुर्वक काम र श्रमदानमा जुटिपछि लक्षित योजना भन्दा धेरै बढि काम भएको संस्थाका अध्यक्ष रक्षमान राईले बताउनु भयो ।

समाजले राष्ट्रियगान सर्जक व्याकुल माइलाको नाममा ‘ब्याकुल माइला कप’ २०६८ सालदेखि बार्षिक रुपमा नियमित फुटबल खेलको आयोजना गर्दै आएपनि दर्शकहरूले बगरको पाखा र भित्ताभरि अव्यवस्थित बसेर खेल हेर्नुपर्दा राम्रोसंग खेलको स्वाद लिन पाएका थिएनन । खेल मैदान र दर्शकदिर्घाको विस्तार भएपछि दर्शकको उपस्थिति उत्साहजनक हुने अनुमान गरिएको छ ।

राष्ट्रगान सर्जक जस्तो गरिमामय व्यक्तिको नाममा स्थापना गरिएको खेललाई समेत सङ्घीया,प्रदेश र स्थनीय सरकारले उपयुक्त सहयोग उपलब्ध नगराउदा हरेक वर्ष कप आयोजना गर्न धेरै कठिनाइ भएको संस्थाको अध्यक्ष राईले बताउनु भयो ।

About Everest News 805 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*