
एभरेष्ट न्यूज,
पुष-३, काठमाण्डौँ । किरात राई यायोक्खा, किरात याक्थुङ चुम्लुङ, किरात याक्खा छुम्मा, सुनुवार सेवा समाज र नेपाल थामी समाजसंस्थाहरूको प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष विदाको लागि संयुक्त मागपछि आगमी २०७८ मंसिर ४ गते उद्यौली पर्वको रुपमा गृह मन्त्रालयले विदा सार्वजानिक गरेको छ ।

ऐतिहासिक दोस्रो जनआन्दोल २०६२/०६३ बाट प्राप्त गणतान्त्रिक नया नेपालको संविधानले नेपाल बहुधार्मिक, बहुभाषिक, बहुसास्कृतिक मुलुक र सबै भाषा, धर्महरूलाई समान र राष्ट्रिय भाषा, धर्म भएको उल्लेख भएपनि वर्षभरि अत्याधिक धेरै दिन विदा भएको भन्दै २०७५ सालको मन्त्रिपरिषदको बैठकले किरात समुदायको महान चाड उद्यौली पर्व लगायतका हिन्दु इतरसमुदायले मान्ने चाड पर्वको विदा सरकारले कटौती गरेको छ ।

राई, लिम्बु, याक्खा, सुनुवार, थामी लगायतको बहुसंख्या जातिहरूले मान्ने मुख्य चाड उद्यौली कटौती गर्नु नागरिक माथिको अपहेलाना भएको किरात समुदायको जनगुनासो छ ।
संविधानमा नया नेपाल उल्लेख भएपनि व्यवाहारिक पक्ष भने एकल जातिय राज्य को अबशेष ज्यूको त्यूँ रहेको किरात लगायत समुदायको दुखेसो छ ।
उद्यौली पर्वमा योमरी पुन्ही(ज्यापु दिबस–धान्यपूर्णिमा) समेत पर्छ ।

यसैगरि प्रदेश – १ ले पनि सो दिन विदा दिने भनि प्रदेश राजपत्रमा सूचना प्रकासित गरेको छ ।
Leave a Reply