एसियाली विकास बैंकले सोना श्रेष्ठलाई महानिर्देशक नियुक्त

एसियाली विकास बैंक (एडीबी)ले सोना श्रेष्ठलाई बंगलादेश, भुटान, भारत, माल्दिभ्स, नेपाल र श्रीलंकामा एडीबीको रणनीति तथा सञ्चालन विकास र कार्यान्वयन नेतृत्व गर्ने गरी दक्षिण एसिया विभाग महानिर्देशक नियुक्त गरेको छ । यो पदमा पुग्ने उनी पहिलो नेपाली हुन् ।

श्रेष्ठ यसअघि दक्षिण एसिया विभागकै उपमहानिर्देशक थिइन् । उनले उपमहानिर्देशक पद ३ अप्रिल २०२५ देखि सम्हालेकी थिइन् ।

त्यसअघि दक्षिणपूर्व एसियाली क्षेत्रीय विभागमा सार्वजनिक व्यवस्थापन, वित्तीय क्षेत्र र व्यापार सम्बन्धी निर्देशक, इण्डाेनेसियाका लागि उपदेशीय निर्देशक तथा फिलिपिन्सका लागि प्रिन्सिपल कन्ट्री इकोनोमिस्टका रूपमा पनि काम गरिसकेकी छिन् ।

श्रेष्ठको अन्तर्राष्ट्रिय विकास, नीतिगत विश्लेषण, परियोजना सञ्चालन र मूल्यांकन क्षेत्रमा २७ वर्षमध्ये एडीबीमै २३ बिताएकी छिन् । उनले अर्थशास्त्रमा अमेरिकाको युनिभर्सिटी अफ क्यालिफोर्नियाबाट विद्यावारिधि गरेकी हुन् । सन् १९६६ मा स्थापित एडीबीमा ६९ सदस्य राष्ट्रहरूको स्वामित्व छ, जसमध्ये ५० राष्ट्र एसियाका हुन् ।

About Everest News 877 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*