दुर्घटनामा परेर ओखलढुंगाका एक युवकको ज्यान

खोटाङ जिल्लाबाट ओखलढुंगा तर्फ आउँदै गरेको मोटरसाइकल दुर्घटनामा परेर ओखलढुंगाका एक युवकको ज्यान गएको छ। दुर्घटनामा मानेभञ्ज्याङ गाउँपालिका–३, उँबु निवासी करिब ३७ वर्षीय मोतिराज राईको मृत्यु भएको हो।


पारिवारिक स्रोतका अनुसार राई सोमबार बिहान घरबाट खोटाङ जिल्लाको हलेसी तुवाचुङ नगरपालिका–१ अन्तर्गत कदुवा भन्ने स्थानमा काठ काट्न गएका थिए। उनी सवार बा.प्र.०२–०२९ प.९७२७ नम्बरको १५० सीसी पल्सर मोटरसाइकल मध्यपहाडी लोकमार्गअन्तर्गत खोटाङको दौत्यखोला नजिक कदुवा क्षेत्रमा सडकबाट करिब एक सय मिटर तल खसेको प्रहरीले जनाएको छ।

About Everest News 877 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*