२४ पुष, काठमाण्डौँ । काठमाडौंको शंखरापुर नगरपालिका–३, लप्सीफेदीस्थित जर्सिङपौवा–साँखु सडकखण्डमा बुधबार राति भएको बस दुर्घटनामा मृत्यू हुनेको संख्या ५ जुगेको छ ।
नेचर हबमा आबद्ध कर्मचारीहले आयोजना गरेको बनभोज कार्याक्रमबाट फर्कने क्रममा बा ४ ख ८७८८ नम्बरको बस बुधबार साँझ दुर्घटना हुँदा बस सवार घाइते ३१ मध्ये २३ जनाको अझै उपचार भइरहेको प्रहरीले जनाएको छ ।
बस सडकबाट करिब ७० मिटर तल झरेर रुख अल्झिएरको प्रहरीले बताएको छ । दुर्घटनाको कारण भने खुलेको छैन ।
मुत्यू हुनेमा देबेन्द्र तुम्रोक लिम्बु, इन्दिरा योङहाङ लिम्बु र ६० वार्षीय अजुर्न लामिछानेको सनाखात भइसकेको प्रहरीले जनाएको छ । मृत्यू हुने मध्येको तुम्रोक र योङहाङ सास्कृतिकर्मी रहेको बताइएको छ ।
योङहाङ किरात याक्थुङ चुम्लुङ लिम्बु सास्कृतिक परिषद काठमाण्डौका जिल्ला अध्यक्ष र तुम्रोक सचिव रहेको गायिका मनु नेम्बाङले बताउनु भयो ।
Leave a Reply