चीनको मिंग वंश (सन 1368-1644) का संस्थापक सम्राट चु युआन चांगको स्याउ लिंग समाधिस्थल विश्वको सबैभन्दा ठूलो प्राचीन, सम्राटका समाधिस्थलहरुमध्येको एक हो।
चीनको इतिहासमा श्री चु युआन चांग (सन 1368-1398) एकजना यस्ता सम्राट हुन जसका बारेमा हालसम्म पनि धेरै कुरा थाहा पाउनसकिएको छैन। उनको परीवार निकै गरिब थियो। बाँच्नका लागि पहिले उनी एउटा मन्दिरमा भिक्षु बेका थिए। त्यसपछि उनी युआन वंश (सन 1271-1368) को विरोध गर्ने किसानहरुको विद्रोही सेनामा भर्ना भएका थिए। बहादुर र बुद्धिमान भएकाले श्री चु युआन चांग एकजना सामान्य सैनिकबाट किसानहरुको बिद्रोही सेनाका नेता बनेका थिए। सन 1368 मा उनले सम्राटको सत्ता हत्याई अन्तमा चीनको एकीकरण गरेका थिए।

श्री चु युआन चांगले आफू जीवितै रहँदा आफ्नो समाधिस्थलको निर्माण शुरु गरेका थिए। पच्चिस वर्षसम्मको निर्माण कार्यपछि उनका छोराले सम्राटको पद सम्हाल्ने बेलासम्ममा उनको समाधिस्थलको निर्माण कार्य पूरा भएको थियो। श्री चु युआन चांगको पदावधिमा चीनको राजधानी पूर्वी भागमा पर्ने नान चिंग शहर (केही समयपछि उनका छोराले राजधानीलाई नान चिंगबाट पेइचिंग सारेका थिए) मा भएकाले उनको समाधिस्थल स्याउ लिंग पनि नान चिंग शहरको कछाड क्षेत्रमा निर्माण गरिएको थियो। चीनको मिंग वंशका सम्राटहरुका सोह्रवटा समाधिस्थलहरुमध्ये पेइचिंगमा नभएको समाधिस्थल सोही स्याउ लिंग मात्र हो। सम्बन्धित सामग्री अनुसार, मिंग वंशको स्याउ लिंग समाधिस्थलको भित्ताको लम्बाइ 22.5 किलोमिटर छ भने सो लम्बाइ तिनताका चीनको राजधानी शहरको भित्ताको दुइ तिहाइ बराबर छ। छ सय वर्षसम्मको हावा-पानी र युद्धको मार खेपेको त्यस स्याउ लिंग समाधिस्थलमा काठद्बारा बनाइएका कक्षहरु सबै ध्वस्त भएका थिए। तापनि हाल सो समाधिस्थलमा सुरक्षित ढुंगाद्बारा बनाइएका बास्तुहरुका आधारमा पहिले त्यसको बनौट र परिमाणबारे स्पष्टताका साथ थाहा पाउन सकिन्छ। श्री चु युआन चांगपछि मिंग वंशका अन्य सम्राटहरुको समाधिस्थलको बनौट र शैली एकै प्रकारको हुनुका साथै ती समाधिस्थलहरु भन्दा धेरै ठूलो छ। तर स्याउ लिंग समाधिस्थलमा निर्माण गरिएको “देव-मार्ग” सिधा नभई बाङ्गो छ। पूरातत्वविदहरुले यसो हुनुको कारणबारे हालसम्म पनि केही पत्ता लगाउन सकेका छैनन।
स्याउ लिंग समाधिस्थलको देव-मार्ग स फांग छंग नामको विश्रामस्थलदेखि बाहिरतिर गएको छ। स फांग छंग भन्ने विश्रामस्थलको छानो बिग्रेको छ र भित्ता मात्र देखिन्छ। सो विश्रामस्थलमा एउटा ढुंगाको स्तम्भ छ। श्री चु युआन चांगका छोरा स्वयम् आफैंले लेखेको 2746 अक्षर रहेको एउटा लेख सो सतम्भमा कुँदिएको छ। सो लेखमा श्री चु युआन चांगको श्रेयदानबारे उल्लेख गरिएको छ। देव-मार्गका दुबैतिर सिंह, ऊट, हात्ती र घोडा आदि छ किसिमका बाह्रवटा जनावरका ढुंगाका मूर्तिहरु मुखामुख गरेर उभिएका छन। उत्तरतिर जाने देव-मार्गका दुबैतिर चारजना मन्त्रीका ढुंगाका मूर्तिहरु ठडिएका छन। ती मूर्तिहरु निकै ठूला छन र ती मिंग वंशको ढुंगे वास्तुकलाका अमूल्य निधिहरु हुन। स्रोत: CGTN Nepali (https://www.facebook.com/share/p/17LpcY3mbE/)
Leave a Reply