पूर्व अर्थमन्त्री विष्णु पौडेल ७ दिन हिरासतमा रहने

सम्पत्ति सुद्धिकरणको मुद्धामा पक्राउ परेको पूर्व अर्थमन्त्री विष्णु पौडेल ७ दिन हिरासतमा रहने भएकाछन ।

विशेष अदालतले एमाले उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेललाई ७ दिन हिरासतमा राखी अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण विभागलाई अनुमति दिएको छ । विभागले पौडेलमाथि सम्पत्ति शुद्धीकरणको अनुसन्धानका लागि २० दिनको समय थप गर्न माग गरेको थियो ।

पौडेललाई हिजो सुर्खेतमा विभागले नियन्त्रणमा लिएको थियो । सुर्खेतबाट नेपालगञ्ज हुँदै काठमाडौं ल्याइएका पौडेलसँग विभागले आजै झन्डै २ घण्टा बयान लिएको थियो ।

About Everest News 895 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*