
आज अमेरिकामा राष्ट्रपतिको चुनाव हुदैछ । विश्वभरि चासोको विषय रहने अमेरिकी चुनावमा यसपटक पनि रिपब्लिकन पार्टी नै अर्को चार वर्षको लागि विजयी हुन्छ वा डेमोक्रेटिक पार्टीले सत्ता खोस्नेछ भन्ने टुङ्गो लाग्नेछ । डेमोक्रेटिक र रिपब्लिकन पार्टीलाई पालो पालो सत्तामा पुर्याउने अमेरिकी जनताको बानी लागिसकेको छ । दुई अवधि भन्दा बढी एकै उम्मेदवारले चुनावमा भाग लिन नपाउने कानुनले गर्दा पनि दुई पदावधि पछि नै प्राय अर्को दल विजयी भएको देखिन्छ । अमेरिकी स्वतन्त्रताको ईतिहासको २३२ वर्षको अवधिमा डेमोक्रेटिक भन्दा रिपब्लिकन अलि बढी बिजयी भएको देखिन्छ ।२३२ वर्षमा १४ जना डेमोक्रेटिक राष्ट्रपतिहरु २२ पटक राष्ट्रपति बने भने १९ रिपब्लिकन राष्ट्रपतिहरु २८ पटक राष्ट्रपति बने । यसरी हेर्दा अमेरिकीहरु अलि बढि रिपब्लिकनलाई मन पराउने देखिन्छ । तर यस पटक अमेरिकीहरु डोनाल्ड ट्रम्पको आप्रवासी प्रति नकारात्मक नीतिले गर्दा डेमोक्रेटिक पार्टिका उम्मेदवार अर्थात बाराक ओबामाको समय उप राष्ट्रपति रहेका जो बाइडनको विजयको सम्भावनालाई पनि नकार्न सकिदैन । यदि यसपटक डेमोक्रेटिक पार्टी विजयी भएमा उपराष्ट्रपतिको रुपमा जमैकन बाबु र भारतीय आमाको सन्तान कमला हैरिस पहिलो काला उपराष्ट्रपति बन्ने छिन् । कमला हैरिस सानै हुँदा नै बाबु आमाको सम्बन्ध बिच्छेद भएको र भारतीय आमाले नै उनि र उनको बहिनीलाई हुर्काएको हुँदा उनमा भारत प्रति केही बढी माया देखिन्छ । भारतले पनि हालै आफ्नो अमेरिकी नीतिमा केही लचकता देखाएको हुँदा भारत पनि डेमोक्रेटिक पार्टिको विजयको अपेक्षामा रहेको देखिन्छ । नेपालको शान्ति प्रक्रियाको जटिल समयमा अमेरिकी डेमोक्रेटिक राष्ट्रपति बाराक ओबामाको सदासयता रहनुले नेपाल सरकार पनि डेमोक्रेटिक राष्ट्रपतिको विजय चाहन सक्छ ।(सुनिल उराकबाट सभार)
Leave a Reply