
विश्व कोरोना(कोभिड १९)महामारीले आक्रान्त बनेको बेला आर्ट आफ लिभिङ नामक संस्थाले अनलाइन माध्यमबाट ह्याप्पीनेस अर्थात आनन्दमय जीवन जिउने कला सम्बन्धी योगा प्रशिक्षण संचालन गर्दै आएकोछ ।
यस संस्थाले विश्वका १५० बढी देशहरूमा शाखा विस्तार भएको लोकप्रिय आध्यात्मिक सस्था हो भने ह्याप्पिनेस आर्ट अफ लिभिङको मेरुडण्ड हो ।
यसका संस्थापक श्री श्री रविशंकरज्यूको जन्मोत्सवको सुअबसरमा प्रत्येक दिन दुई घण्टाका दरले विभिन्न समुहमा ४ दिनसम्म लगातार योगा प्रशिक्षण संचालन हुनेछ । प्रशिक्षण आगमी मे १३ अर्थात बैशाख ३१ गतेबाट प्रारम्भ हुनेछ ।
विहान ६ बजेदेखि रातको १० सम्म संचालन हुने प्रशिक्षण कार्यक्रममा देश विदेशमा रहनुहुने नेपालीहरूले आफ्नो अनुुकुलको समयमा सहभागि हुन सक्ने संस्थाका वरिष्ट प्रशिक्षक पवन नेपाल बताउनुहुन्छ ।

प्रशिक्षणमा सहभागी हुन र्सस्थाले उपलब्ध गराएको अनलाइन फर्म भने अनिवार्य भर्नुपर्ने छ ।
संस्थाले विशेषगरी युवा वर्गलाई आकर्षित बनाएको प्रशिक्षक रजत दाहाल बताउनुहुन्छ ।
दाहाल थप्नु हुन्छ( “हाँस्दै, खेल्दै, नचाउँदै साधकमा योगा, ध्यान र प्राणायामका माध्यमद्वारा प्राकृतिक खुसी, आनन्द र शान्तिको अनुभूति गराई जीवनलाई सहज तरिकाले जिउन प्रेरित गर्नु नै यो कोर्षको प्रमुख उदेश्य हो ” ।
ह्याप्पिनेस किन गर्ने रु भन्ने प्रश्नमा आर्ट अफ लिभिङका प्रशिशक तथा नेपाल सरकारका अधिकृत यादब राउत बताउनु हुन्छ( “सकारात्मकताको विकाश, आफ्नो लक्ष्यमा केन्द्रित, कन्सन्ट्रेसन, खुसीको रहस्य, डिप्रेसनबाट मुक्ति, रिलेसनसिप समस्याको समाधान, अरुमा दोषारोपण गर्ने बानीलाई निरुत्साहनलगायत अन्य धेरै कुराको लागि ह्याप्पीनेस कोर्ष अनिवार्य छ”
।
१९८० बाट सुरू भएको ह्याप्पिनेस लक डाउनले गर्दा पहिलो पटक अनलाइन माध्यममा संचालन गरिएको हो ्र तर अनलाइन कोर्ष गरिसकेकाहरूले अति राम्रो प्रतिक्रिया दिएकाले पनि यसलाई निरन्तरता दिइएको डा सकुन बताउनु हुन्छ ।
के हो आर्ट अफ लिभिङ ?

तनाबरहित मन, रोगमुक्त शरिर, अपराधमुक्त समाज र सबैको अनुहारमा खुसी होस् भन्ने उदेश्य राखेर श्री श्री रविशंकरले स्थापना गर्नुभएको आध्यात्मिक संस्था हो आर्ट अफ लिभिङ ।
अन्तराष्ट्रिय गैरनाफामूलक मानवतावादी आध्यात्मिक यो संस्था संसारका १५५ बढी देशहरूमा फैलिएको छ ्र भोलिन्टियर बेसमा आधारित यो संस्था संसारकै ठूलो मध्येको एक आइएनजिओ हो । आर्ट अफ लिभिङको अन्तर्राष्ट्रिय आश्रम भारतको बैंगलोरमा छ ।
श्री श्री रविशंकर यस संस्थाका संस्थापक हुनुहुन्छ ्र कतिपयले उहाँलाई बुद्धत्व प्राप्त महापुरुषको रुपमा स्विकार्नु हुन्छ । शंकरद्वारा सिर्जित सुदर्शन क्रियालाई आर्ट अफ लिभिङको मेरुदण्ड मानिन्छ ।
सुदर्शन क्रिया स्वासप्रश्वासमा आधारित एक योग हो, जुन आर्ट अफ लिभिङका विभिन्न कोर्षहरूमा सिकाइन्छ । यो क्रियाले १०० भन्दा बढी शारीरिक तथा मानसिक समस्याको निवारण गर्छ भनी अन्तराष्ट्रिय स्वास्थ्य संगठनले प्रमाणित गरेको छ ।
आर्ट अफ लिभिङले योग प्रशिक्षणको साथै शिक्षा, स्वास्थ्य र विभिन्न विकास निर्माणका कार्यमा पनि सहयोग गर्दैआएको छ । यस संस्थाले संसारका धेरै राष्ट्रहरूमा आपतकालीन अबस्थामा सहयोग गर्दै आएकोछ ।
Leave a Reply