
एभरेष्ट टेलिभिजन नेटवर्क । १८ फाल्गुन, काठमाण्डौँ ।
गत शुक्रबार मात्रै नेपाली साङ्गीतिक क्षेत्रका प्रतिभावन गायक विक्रम राईको असामयिक निधनले बगेको आशु ओभानो भइ नसक्दै अर्को गायक तथा नेपाल टेलिकमको अधिकृत खड्ग पुमा राईलाई गुमाउनु पर्दा खोटाङ जिल्ला तथा समग्र नेपालीलाई अभूतपूर्व क्षेति पुगेको छ ।
माया चिनो रुमाल, बस्थ्यो काखैमा लगयातको २ दर्जन भन्दाबढि गीतमा गायन, सङ्गीत भरेको गायक राई लामो समय एभरेष्ट कल्चर, फिल्म एण्ड मिडिया एकेडेमी, लगनखेलमा लामोसमय गायन तथा संङ्गीत विषयमा अध्ययपन समेत गरेको हुन ।
गत भदौमा मात्रै आमा गुमाएपछि एक्लो बुबाको हेरचाह तथा आमाको असमायिक निधनले बुबामा परेको न्यास्रोपन हटाउन जन्मथलो खोटाङ बारही पोखरी गाउपालिका वडा नं ६ मोवाबोटे घर गएको बेला हृदयघातको कारण मृत्यू भएको परिवारजनले बताएको छ ।
२ दिनदेखि खान खासै बताएको राई आज काठमाण्डौ फर्कने तरखरमा थिए । तर राईको फर्कनु अगाबै निधन भएको आफन्त खेम पुमा राईले एभरेष्ट टेलिभिजन नेटवर्कलाई बताउनु भयो ।
श्रीमती र कान्छा छोरासंग काठमाण्डौमा बस्दै गरेको राईको जेठाछोरा र बुहारी न्यूजिल्याण्डमा छन भने कान्छा छोरा स्नाकोत्तर अध्ययनरत छन ।
Leave a Reply