
धेरै पहिलेको कुरा हो, यो छुलुवारथुम फेमाडाडा (सुनपालत वरीपरि ) को क्षेत्रमा सारुप्ली नाम गरेको असल राजाले राज्य चलाउने गरेको थियो रे जस्को असाध्यै राम्री ज्ञानी फेङमा नाम गरेको मुन्धुमी एक्ली छोरी थियो। सारुप्लीले आफ्नो छोरीलाई असाध्यै माया र सुखमा हुर्काको थियो, जस्को कारण सारुप्लीले छोरी फेङमा कै नाम बाट दरवार पनि बनाएको थियो। फेङमाको उमेर बढेसँगै छिमेकी राज्यहरुमा सारुप्लीको छोरी फेङमालाई आफ्नो बनाउन चाहानेको पनि कमि थिएन। फेङमाको कारण वरिपरि छिमेकी देशहरुमा बेला बखत सारुप्लीको राज्यको समेत चर्चा हुन्थ्यो। यसै कारण छिमेकमा रहेको गोल्पाहाङ/गोल्पाराजा लाई समेत सम्बन्ध जोड्न मन लाग्यो र माग्नको लागी सेना दलबल सहित गोल्पाराजा फेङमा दरबार पुगे। गोल्पाराजाको राज्य पनि धेरै शक्तिशालीथियो त्यहि भएर सम्बन्ध गास्न सारुप्ली तयार भए। जब कुरा अगाडि बढ्दै गयो। फेङमा र गोल्पाराजा बिच बिहेको कुरा सारुपलीले पक्का गर्यो तर यो कुराले फेङमालाई खुसी नदेखेपछि सारुप्लीले छोरी लाई सोध्यो सारुप्लीको कुरा सुनेपछी फेङमाले गोल्पा राजालाई प्रस्ताव गर्यो म नाच्छु म नाच्दा नाच्दै मेरो सिरकोफुल जस्को हातमा पुग्छ म त्यस्को नै हुनेकुरा गर्यो। यो कुरा गोल्पाराजा लाई मन्जुर भयो किनकि उ राजा र शक्तिशालीपनि थियो । उता फेङमा नाच्न थालीन धेरै बेर नाचेपछि नाच्दा नाच्दै फेङमाले सिरको फुल त्यहि दरबार मै काम गर्ने एउटा गोठाले केटाकोमा फालिन किनकि धेरै समय देखि यि एक अर्कालाई मनपराउथे। यो देखेर गोल्पाराजा लाई असह्य र बेइज्जतीको महसुस भयो र त्यति नै बेला उस्का सेनाहरुलाई त्यो केटा लाई जार काटे झै काट्नु र फेङमा लाई पक्रेर ल्याउन लगाए त्यति भन्ने बितिकै त्यहा कोकोहोलो हुन थाल्यो गोठाले केटो त्यहा बाट हतपत भाग्यो तर गोल्पा राजाको सेनाले पछ्याउँदै पछ्याउँदै दुधकोसीको किनारमा ल्याई जार काटेझै काटि दियो, त्यहा अझै पनि एउटा ढुंगा काटिएको छ जस्लाई जारकाटेको ढुंगा भनेर भनिन्छ । उता फेङमाले नि दरबार छाडि भागेर गईन त्यो सब देखेर गोल्पाराजा पनि पछि पछि फेङमा लाई पछ्याउदै आए यसरी पछ्याउदा पछ्याउँदै जादा फेङमालाई ( फेङमा रानी / गोल्मारानी) पनि भनिन थालियो, यसरी फेङमा रानी लाई गोल्पाराजाले भोजपुर जिल्लाको पात्लाखाम भन्ने ठाउको गोल्मे भिरमा भेटे जहा अझै पनि गोल्मारानी र गोल्पा राजा रहेको विश्वास गरिन्छ जस्लाई अझै पनि गोल्मा/गोल्पा भिर भन्नेगरिन्छ, भने उता जन्तिहरु जन्तेढुंगा दिप्लुङ नेर आईपुगेपछि कलियुगले छोईल्याएको हुदा त्यही ठाउमा ढुंगा भई लहरै जन्ति जसरी अलप भएको रे त्यही ठाउलाई जन्तेढुंगा भनियो । जस्लाई गोल्पाराजा र गोल्मारानीको जन्ति पनि भनिन्छ र अझै पनि यो ठाउ जन्तेढुंगामा जन्तिजस्तै देख्न सकिन्छ र बैसाख र मसिर पुर्णिमा, उभौली र उधौलीमा किरात समुदाय पुमा राईहरुले त्यो ठाउलाई पुज्दै साकेला नाच नाच्दै आएको छ।नोट: यो मिथक किम्बदन्ती अझै पनि सुनिन्दै आएकोछ। (फेसबुकबाट साभार)
Leave a Reply