हिलेपानीमा लोकबार्ता 

२९ बैशाख, काठमाण्डौँ ।  “१४ औॅ लोकबार्ता राष्ट्रिय संगोष्ठी” कार्यक्रम ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउपालिका वडा नं ६ हिलोपानीमा आयोजना हुने भएको छ ।

ब्याकुल माइला फाउन्डेशनको स्थानीय आयोजनामा हुने कार्यक्रम भव्यताको साथ सम्पन्न गर्न स्थानीय युवावर्ग, संघ-संस्था तथा हिलेपानीबासी समुदाय संयुक्त रुपमा  कार्यक्रमको तर्जुमा जुटेको राष्ट्रगान रचयिता ब्याकुल माइलाले बताउनु भयो ।

लोकबार्ता राष्ट्रिय संगोष्ठी मुल आयोजक रहेको गोष्ठिमा ब्याकुल माइला प्रतिष्ठिानको अरिरिक्ता मानेभञ्ज्याङ गाउपालिका आर्थिक सहयोगमा श्री महादेवस्थान मावि, नव सगरमाथा युवा क्लब, सुनखरी कोशेली युवा क्लब र जिल्ला वन कार्यालय ओखलढुङ्गाको ब्यवस्थापन सहयोगी रहेकाछन ।

मुख्यगरि १४ औँ लोकबार्ता राष्ट्रिय संगोष्ठी किरात राईहरूको सघन बसोबास क्षेत्रलाई लक्षित गरि आयोजना गरिएको लोक वार्ता मुल समारोहको संयोजक प्रविण पुमाले बताउनु भयो ।

ओखलढुङ्गा र खोटाङ्गामा हुने कार्यक्रममा लगभग ७० ओटा गोष्ठीपत्र प्रस्तुत हुने  लोकबार्ता राष्ट्रिय संगोष्ठीको महासचिव प्रा.डा. ध्रुवप्रसाद भट्टराई बताउनु भयो ।

प्रारम्भिक कार्यतालिका अनुसार सोलु, ओखलढुङ्गा र खोटाङगरि तीन जिल्लामा गोष्ठि सञ्चालन हुने भनिए तापनि हाललाई ओखलढुङ्गा र खोटाङ जिल्लाहरूमा मात्रै गरिने आयोजकले बताएकोछ ।

प्राप्त जानकारी अनुसार आगमी जेष्ठ १ र २ गते हिलोपानी (ओखलढुङ्गा), ३  गते खोटाङको हलेसी-तुवाचुङ नगरपालिकामा,  ४ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका दिक्तेल, ५ गते खोटेहाङ गाउपालिका जेष्ठ  ६ गते जन्तेढुङ्गा गाउपालिका फुलवारीमा यस पटकको गोष्ठिको अन्तिम कार्यक्रम हुने बताइएकोछ ।

गोष्ठिको उद्घाटन समारोह जेष्ठ १ गते हिलेपानीमा कोशी प्रदेशको भौतिक योजना तथा पूर्वधार विकास मन्त्री प्रदिप सुनुवारको प्रमुख अतिथ्यामा सास्कृतिक झाँकी सहित विशेष तामझामको साथ आयोजना हुने स्थानीय आयोजकले बताएकाछन ।

About Everest News 891 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*