
खुवालुङ उत्तरे ढुङ्गा र यस्को ऐतिहासिक महत्व साबिक पशुपतिनगर वार्ड न ९ र हाल सुर्योदय नगरपालिका वार्ड न ३ जील पल्लो राई गाउँमा रहेको खुवालुङ उत्तरे ढुङ्गा राई किरात संस्कृती र सभ्यतासङ्ग जोडिएको छ ।

यो शान्त प्र विद्यालयबाट करीब १०० मी दक्षिण पुर्वमा रहेको छ । यो ठाउँ अर्थात जीलगाउमा १७ औ शताब्दीदेखि नै राईहरुको बसोबास रहेको देखिन्छ । यहा बसोबास गर्ने राईहरुमा दुमि कोयु कुलुङ वालिङ बुङ्छिङ बान्तवा हाङ्खिम लगायत थर भएका रहेको ईतिहास भेटिन्छ । उनीहरू वल्ल्लो किरात राज्यबाट यहाँ आइ बसोबास गरेको देखिन्छ । राईहरु बसोबास गरेदेखी नै यो खुवालुङ उत्तरे ढुङ्गाको अस्तित्व स्विकारिएको देखिन्छ ।

यो ढुङ्गामा पहिला पहिला बिजुवाहरुले मान मनितो गर्ने गरेको र ढुङ्गा फुटाएमा अनिस्ट हुने बिश्वास गरिन्छ । एक ताका केही व्यक्तीले ढुङ्गा फुटाउने क्रममा यो ढुङ्गा फुटाउदा लामो समयसम्म बिरामी परेको र पछि बिजुवा आइ निको पारेको देखिन्छ । बाटोमा नै पर्ने यो ढुङ्गालाई स्काइ भेटरले खन्ने क्रममा ठुङ्दा स्काइभेटर नै चल्न नसकेको थियो । त्यसो त यो ढुङ्गा हरेक वर्ष अलिअली गर्दै बाहिर निस्कदै गरेको भन्ने विस्वास गरिन्छ । बुढापाकाको भनाइ अनुसार यो ढुङ्गा निक्कै छोटो थियो र यो हरेक साल आफै बाहिर निस्कदै आएर अहिलेको अवस्थामा आइपुगेको बताउछन ।
२०१५/१६ सालतिर बिफरको माहामारी चलेको र यहि खुवालुङ उत्तरे ढुङ्गामा क्षमा याचना गरेपछि निको भएको बताउछन बुढापाकाहरु । त्यसो त यो ढुङ्गाको अध्ययन गर्न हो या अरु नै कारणले हो बि स २०१२/१३ सालताका तिब्बती घुमन्ते टोली आएर ५/६ वर्ष खुवालुङ उत्तरे ढुङ्गाको वारीपट्टी हाल तुलसीदास आचार्यको बारीमा बसेको बताइन्छ ।

तिनीहरू १५/१६ जनाको सङ्ख्यामा रहेको र वारीपारीका गाउँमा त्तती घुलमिल हुन नचाहने र धेरै जसो खुवालुङ उतरे ढुङ्गामा नै गइरहने गर्ने गरेको बताइन्छ । उनीहरू बेला बेला गाउमा माग्न जाने गरेको स्थानीयहरु बताउछन । करीब ६ वर्षको बसाईमा उनीहरूको एउटा नानीको मृत्यु भएको र त्यो मृतक नानीलाई यहि ढुङ्गाको कापमा राखी उनीहरू यो ठाउबाट गएको स्थानीयहरु बताउछन । उनीहरूको त्यहा बस्नु र खुवालुङ उत्तरे ढुङ्गासङ्गको सामीप्यता के हो कसैले भन्न सक्दैन ।

खुवालुङ उत्तरे ढुङ्गाको बारेमा स्थानीय राई सम्प्रदाय भन्दा वरपरका राई सम्प्रदायले बढी जानकारी राखेको देखिन्छ । कतिपय बुढापाकाहरु यो खुवालुङ्ग उत्तरे ढुङ्गा आफ्नो इस्ट देवको रुपमा मानीएको बताउछन ।
जुन १७ औ शताब्दीमा यहाँ बसोबास गर्न आएका पुर्वजहरु देखि नै चल्दै आएको बताइन्छ ।हाल आएर यहाँ बसोबास गर्ने राई समुदायले ऐतिहासिक खुवालुङ उत्तरे ढुङ्गाको सरसफाइ र संरक्षण गर्दै आएका छन र उनीहरू यसलाई पारुहाङ सुम्निमाको प्रतिमा स्थापना गरि इस्ट देव कै रुपमा मान्दै जाने सोचका साथ संरक्षणमा जुटेका छन।
स्रोत: फेसबुक
Leave a Reply