
खुला आकाश, घना जंगल, सुनसान अनि एकान्त ठाँऊ, मन्द पवन, वर्षयाममा बादलको लुकामारी, हिउदमा उस्तै पारिलो घाम, सुन्दर हिमश्रङ्खला, पहाडको लहड, क्षितिजको दृष्य, लमतन्नै मिलेको बस्ती एकातर्फ हो भने अर्कोतर्फ पहाडको चौघेरा भित्र सिथिल उपत्यका शहर ।

सारा दृष्य एकैसाथ हेर्न पाउनु स्वरै कल्पना भन्दा परको संसारमा पुगेको अनुभूति दिलाउने अनुपम सुन्दर स्थल हो चम्पादेवी ।


सधै कोलहल, भिडभित्र आधुनिकताको नामले सदा शिथिल, प्रदुषणले निसासीएर ब्याकुल जीवन जीउन बाध्य हामी मानव उपकरण जतिकै निरन्तर सञ्चालित कष्टपूर्ण शहरी जीवनबाट विछट्टै उदासिन भएकाहरूको लागि क्षणिक भएपनि स्वर्गको अनुभूति गराउने छ चम्पादेवी क्षेत्रले ।


पृथ्वी नारायण शाहले नेपाल एकीकरण गर्ने क्रममा चम्पादेवी मन्दिरको स्थापना गरि दर्शन गरेपछि मात्र काठमाण्डौँ उपत्यकामा विजय हासिल गरेको तथ्यले पनि यो स्थल ऐतिहासिक महत्व समेत बोकेको स्थल मानिन्छ ।

यीनै मनोरम क्षेत्रको अबलोनको लागि रत्नराज्य लक्ष्मी क्याम्पस, स्नातक तह तेस्रो वर्षका पर्यटन विकास विषयमा अध्ययपन गराउनु हुने डा. डोलराज काफ्लेको नेतृत्वमा सो विषय अध्ययनरत विद्यार्थीहरूको सहभागितामा चम्पादेवी पदयात्रा कार्यक्रम सम्पन्न भयो ।

पर्यटन विषय व्यवहारिक ज्ञानसंग सम्बधित विषय भएकोले कक्षा कोठाको शिक्षणको भरमा मात्र पर्यप्त ज्ञान नहुने भएकोले आफुले अध्ययपन गराएको हरेक वर्षका विद्यार्थीहरूलाई अनिवार्य रुपमा कम्तिमा ४ वटा पदयात्रामा सहभागि गराउने गरेको डा. काफ्ले बताउनु भयो । सो मध्ये चम्पादेवी क्षेत्रको हाइकिङ सबै भन्दा उपयुक्त रहेको जानकारी गराउनु भयो ।


नेपाल राष्ट्रिय जातिय संग्रहालय, मच्छे गाउबाट प्रारम्भ भएको पदयात्रा अनकन्टार र घनाघोर जंगलै-जंगल भएर करिब साँडै दुई घण्टाको उकालै-उकालो हिडाइपछि डाँडा पुगेपछि मात्रै यो मनोरम दृश्यको स्वद पाइन्छ ।

नेपालको पुर्वी जिल्लादेखि सुदरपश्चिम क्षेत्र अर्थात सातवटै प्रदेशका विद्यार्थीहरूका सहभागिताले यात्रामा एकातर्फ विविधता थियो भने अर्कोतर्फ उत्तिकै मौलिकता पनि ।

गाउ घरको मेलापातमा गाइने लोक भाकासङ्गै बढेको यात्रा घनाघोर जंगलको विच उकालो भएपनि । गाउदै, सुशेल्दै अनि पातहरू बजाउदै विछट्टै रमाइलो यात्रा थियो ।


कसैलाई लहरामा झुण्डिने हतार, त कसैलाई घारीभित्र लुकमारी खेल्दै उग्लने । हिडाइ र पहाड चढाइको कुनै तौतरिका र शैली थिएन । थियो त खाली जंगल पारगरेर डाँडा उग्लनु, त्यो पनि प्रकृति छटासंग खेल्दै ।




यात्रा बढि रमाइलोपनमा बढ्दै थियो त कतिलाई भने जंगली जनावरको भय पनि कताकता अनुहारमा झल्किन्थ्यो । अनि विना गोरेटो घनाजंगलको यात्रा अलिअलि सकस त थियो नै ।

२६०० मिटरको उचाई अर्थात पुष्पलाल पार्क, मच्छे गाउबाट शुरु भएको पैदल यात्रा अनकन्टार जंगलको प्रकृतिक मनोरम दृश्यको अनुभूति लिँदै २९०० मिटरको उचाइमा रहेको चम्पादेवी पुग्न सकिने रहेछ ।

उचाइमा पुगेपछिको केही समथर हिडाइपछि मात्र आइपुग्ने रहेछ चम्पादेवीको मन्दिर।
चम्पादेवीको दर्शनपछि सबैजना गोलाकारमा सामुहिक नास्ता ग्रहणपछि एकैछिन युवा-युवती बिच घम्साघम्सी दोहोरी समेत चल्यो ।

केही क्षणको रमाइलो नाचगानपछि हाम्रो यात्राले गति लियो । केही अगाडि बढेपछि पुन ह्वाइट रिसोर्ट तिर ओर्लन सुरु भयो ।

पारिलो घाम अनि सुस्त सुस्तरी पवनको चालसंगै लगातारको २ घण्टाको यात्रापछि हाम्रो अन्तिम गन्तव्य बोसन डाँडा(ह्वाइट हाउस) आइपुग्यो र ६ किलो मिटरको पदयात्रा अन्तयन्तै रसपूर्ण, सौन्दर्यपूर्ण, अर्थपूर्ण तबरले पुरा भयो । सहभागिहरूको प्रफुल्लित मुहारले बताइरहेको थियो ।

सबैको लागि अविष्मरणीय र अमिट यात्रा बन्यो ।









Leave a Reply