च्याब्रङमा स्कोरिङ


एभरेष्ट न्यूज,

माघ-१, काठमाण्डौँ ।

मौलिक अर्थात रैथाने बाजालाई मुलधारको रुपमा व्यवसायीक बनाउन सुर, ताल, बीट र टेम्पो सहित प्रविधि पक्षसंग जोडेर प्रशिक्षण संचालन गरिएकोे छ ।

लिम्बु जातिको मौलिक बाजा के: अर्थात च्याबु्रङको संरक्षण र सम्बद्र्धनको लागि प्रशिक्षण कार्यशाला प्रारम्भ भएको छ ।


नेपाली मौलिक बाजाको संरक्षण र सम्बद्र्धन गर्ने उदेश्यले नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा किरात याक्थुङ चुम्लुङ जिल्ला शाखा ललितपुरको भवनमा १५ दिने कार्यशाला संचालन भएको प्रमुख प्रशिक्षक यसेली योङहाङले बताउनु भयो ।

”च्याब्रुङ यस्तो अनौठो मौलिक बाजा हो

जुन आफै बजाउदै नाच्नु पर्छ अरुले बजाएर हुन्न ।”

योङहाङ थाप्नु हुन्छ ”च्याब्रुङ यस्तो अनौठो मौलिक बाजा हो जुन आफै बजाउदै नाच्नु पर्छ अरुले बजाएर हुन्न ।”

लिम्बुहरूले परम्परागत रुपमा बाजाउदै र नाच्दै आएको च्याब्रुङलाई व्यबसायिक बनाउन सुर र तालको ज्ञान सहित बजाउन र नाच्न अपरिहार्य भएकोले प्रशिक्षण, संचालनमा जुटेको किरात याक्थुङ चुम्लुङ सास्कृतिक परिषदको अध्यक्ष गोबिन्द आङबुङले बताउनु भयो ।

पुस्तौदेखि बाजाउदै र नाच्दै आएको मौलिक बाजा च्याब्रुङ सम्बन्धीे सङ्गीतको विज्ञसंग प्रशिक्षण लिएपछि बल्ल आफु यसलाई व्यवसायिक अर्थात मुलधारको बाजाको रुपमा बजाउन र नाच्न सकिने बताउनु हुन्छ च्याब्रुङ व्यवसायि बौदमान चोङबाङ ।

परम्परगत रुपमा पुस्तौदेखि बजाउदै आएपनि व्यासायिक बन्न प्रविधिसंग जोडिनु पर्ने र त्यसको लागि सङ्गीतसंगै प्रविधिको पनि ज्ञान हुन जरुरी रहेकोले पशिक्षण संचालन गरिएको बरिष्ठ बाद्यबादक भरतबुढाठोकी मगरले बताउनु भयो ।

कार्यशाला लिम्बु समुदाय लगायत राई, सुनुवार र नेवारबाट समेत उल्लेखनीय उपस्थिति रहेको किरात याक्थुङ चुम्लुङको केन्द्रिय महासचिव निरन्ती तुम्बापोले बताउनु भयो ।

प्रशिक्षण कार्यशाला पुरा भएको अबसरमा किरात याक्थुङ चुम्लुङ केन्द्रीय कार्यसमितिले प्रशिक्षर्थीहरूलाई बिदाइको गरे भने प्रशिक्षार्थीहरूले गुरुलाई खादा ओडाइसम्मान गरेको छ ।

कार्यशालाको अन्तिम समापन राष्ट्रिय नाचघर जमलमा प्रशिक्षार्थीहरूको प्रस्तुतिसंगै प्रमाण पत्र प्रदान गरिपछि हुने नाट्य तथा संङ्गीत प्रज्ञा प्रतिष्ठानका सङ्गीत विभाग प्रमुख अशोक लोहोरुङ राईले बताउनु भयो ।


प्रशिक्षण राई समुदायबाट ढोल, लिम्बुबाट च्याब्रङ, नेवारी धिमे, ताामाङबाट डम्फु तथा बासुरी र सारङ्गी लगायतको लोक बाजाहरूको प्रशिक्षण संचालन गरिएको थियो ।

. .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . .

तपाईसँग समसामयिक सन्दर्भमा कुनै लेख\रचना, समाचार, प्रेस नोटहरु, सल्लाह, सुझाव र प्रतिक्रिया भएमा हामीलाई पठाउनुहोला ।

हामी सम्भव भएसम्म धन्यवादसहित प्रकाशन गर्नेछौं ।

सम्पादक ।

मुख्य कार्यलयः लगनखेल, ललितपुर नेपाल ।

Email:     everestnews@outlook.com

              evtelevison@outlook.com 

               Ph: 01 5550662, Cel:  98088 94906, 98510 97929

गीत-सङ्गीत र कलाकारिताको लागि

nepaliculture@mail.com

Website:

Televison:  https://everestkhabar.tv

Online News: https://everestnewsnepal.com

. .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . .

एभरेष्ट कल्चर मिडियाद्धारा उत्पादित समाचार, चलचित्र, बृत्तचित्र,

अडियो तथा भिडियो लिंक . . .

कृपाया हाम्रो च्यानललाई सब्स्क्राइब, शेयर अनि बेल आइकोमा थिच्नु होला धन्यवाद  !

About Everest News 805 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*