
एभरेष्ट न्यूज ।
फाल्गुन २२, काठमाण्डौ ।
सामामाजिक सञ्जालले जसरी मान्छेको समय नष्ट गरेको उसरी नै ह्याक गरेर आफन्तजनलाई पैसा माग्ने, अश्लिल भडियोहरू अपलोड गरेर दुःख हैरानी दिने लगायतको विविध समस्या मात्रै झेल्नु परेको छैन उत्तिकै मात्रमा डिजिटल वालेट (इसेवा, खल्ति)देखि बैंक खाता नै ह्याक गरेर रकम ठगी गर्नेसम्मको समस्यदेखिएको छ ।
विगतको केहीदेखि तिब्ररुपमा सकृया भएको ह्याकरले ओखलढुङ्गा मानेभञ्ज्याङ गाउपालिकाको भगवती माविको शिक्षा बुद्ध राई सोही गाउपालिाका वडा २, वाक्सा होल्माफू(हाल लुभु निबासी) बडाक्याम्पा राई, वडा नं ६ हिलेपानी (हाल इमाडोल ललितपुर) निबासी पचुराम राई, इलामका सुबासचौरासे राई लगायतको फेसबुक ह्याक भएको छ ।
ह्याकरहरूले फेसबुक ह्याक गरेर पीडितका साथीभाइलाई म्यासेन्जर मार्फत खबर पठाएर आफ्नो मोबाइल बैँकिङ बिग्रेको बहाना बनाई ठगीको प्रयास गरिरहेका छन्।

उनीहरूले “मेरो बैंक खाता चलेन, मोबाइल बैंकिङबाट एकजना साथीलाई रकम पठाउनुपर्नेछ, पछि फिर्ता गर्छुू,” जस्ता म्यासेज पठाएर पैसा मागिरहेका छन्।
यस घटनाले कतिलाई आफ्नो आइडी ह्याक हुँदा मानसिक पिडा मात्रै दिएकाछन भने कतिले त विश्वासगरि रकम समेत पठाएर ठगीमा समेत परेको साइबर ब्यूरोको प्रहरी प्रबक्ता प्रहरी उपरिक्षक दिपकराज अबस्थी बताउनु हुन्छ ।
यसैगरि मानेभञ्ज्याङ गाउपालिका वडा नं २ वाक्साका सानुकला राईको ज्योति विकास बैंकको खाताबाट ५०/५०हजारको दरले २ पटकमा रु १ लाख रकम समेत ह्याकरले ठगी गरेकाछन ओखलढुङ्गा सिद्धिचरण नगरपालिकाको याङ्गी शेर्पाको मोबाइल वलेट (इसेवा) ह्याक गरि सस्तोमा बुटिक आफर भन्दै थुप्रैजनाबाट रकम असुलेकाछन ।

सानुकला राईको बैंकको रकम ठगी गर्ने दैलेखको राहुलकुमार शाहलाई प्रकाउगरि बैकिङ कसुर तथा चोरीमा कारबाही प्रकृया आघि बढाइएको प्रहरीले जानएको छ भने शेर्पाको वालेट ह्याक गरि बलेट भएको रकम तथा अन्यहरूसंग ठगी गर्ने ह्याकरको खोजी भइरहेको साइबर ब्यूरो प्रहरीले जानएकोछ ।
ह्याक भएका आइडी मध्ये बडाक्याम्पा राई लगायत केही फेसबुक आइडी एभरेष्ट टेलिभिजन नेटवर्कको कार्यालयले ह्याकरलाई समाचार संकलन तथा कारबाहीको लागि प्रहरीमा समेत उजुरी परेको जानकारीपछि ह्याकरले आइडी फिर्ता गरेकाछन भने केहीको अझै गरेकाछैनन् ।
नेपाल साइबर सुरक्षाको हिसाबले साह्रै असुरक्षित देश मानिन्छ भने सामाजिक सञ्जाल त्यतिकै पनि स्वतः असुरक्षित नै हो । किनभने सामाजिक सञ्जाल एउटा एप्स मात्रै भएकोले यसमा राम्रो सुरक्षा प्रदान गर्ने चुनौतिकै कुरा हो ।
गत २०८० माघ १५ गते सिसिआरसी कलेजको १२ कक्षामा अध्ययनरत रोहित रोकायले त्रिभुवान विश्वविद्यालय परिक्षा नियन्त्रण कार्यालयको बेबसाइट सहज तबरले नै ह्याक गरेको देखि २०८१ पुष १६मा नेपालको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको बेव साइट डार्क साइटमा ५० डलरमा कवाडीको भाउमा बिक्रिको लागि राखेको बाटै नेपालमा साइबर सुरक्षा साह्रै फितलो भएको अनागिन्ती उदाहरणहरू बग्रल्तीछन ।

साइबर सुरक्षाको लागि सरकार गम्भिर भइ यसको चुनौति र सुरक्षाको लागि दिगो र सुरक्षित तबरले अहिले नै कदम नचाले देश ह्याकरले नराम्रोसंग डुबाउन सक्ने खतरा रहेको विज्ञाहरूको सुझाब छ भने त्यसैगरि समामाजिक सञ्जालमा ब्यक्तिगत महत्वपूर्ण कागजात अपलोड नगर्न आम नागरिकलाई सुझाब छ ।

केही वर्ष अगाडिदेखि चिठ्ठा परेको वा फलाना मरेको र उसको बैंकमा अकुत रकम भएकोले यसको हकदार तपाई हुन सक्ने र सो रकम प्राप्त गर्न यतिउति रकम चाहिन्छ भन्दै ठगीगर्नेहरूको समुह नै सामाजिक सञ्लाज ह्याक गरि ठगीमा लागेकोले सबै जना सचेत रहन विज्ञको सुझाब छ ।

Leave a Reply