ठगी आरोपित सुनिल राईबारे थप रहस्य फेला

एभरेष्ट न्यूज,

माघ २७, काठमाण्डौँ । सरकारी कार्यालयमा जागिर लगाइदिन्छुभन्दै ठगी धन्दा सञ्चालन गर्ने सुनिल राईबारे थप रहस्य खुलेकोछ ।

आफु सरकारी शाखा अधिृकत भएको र सरकारी सेवामा जागिर खाना इच्छुकले सेटिङमा स्थायी नियुक्ति गराउने भन्दै जनही रु. ५५ हजारदेखि रु. ७५ हजारसम्म लिएको तथ्य फेला परेको छ ।


यसैगरी स्थायी घर भोजपुर बताएको ठगी अरोपित राईको ठेगाना सुनसरी जिल्ला धरान उप.मा.न.पा १७ को ३५ वर्षीय सुनिल राई रहेको काठमाण्डौँ महानरीय प्रहरी वृत(अपराध अनुसन्धान तथा कारबाही शाखा) महाराजगंजबाट पुष्टि भएकोछ ।

वृत्तले गत कार्तिक १४ गते अभद्र व्यवहार गरेको अरोपमा पक्राउ पुर्जी जारिगरि २२ दिन थुनामा राखि आइन्द त्यस्तो व्यवहार नगर्ने सर्तमा थुनामुक्त गरेपनि निज राईले करिब २ वर्षभन्दा अगाडिदेखि ठगी धन्दामा संलग्न भएको खुल्न आएको छ ।

ठगी धन्दाबारे गत माघ २४ गते एभरेष्ट न्यूजमा समाचार सम्प्रेषण भएपछि थप पिडितहरू समेत सम्पर्कमा आएकाछन ।

सृजना राईको समाचार सम्प्रेषण भएपछि उदयपुरकी पवित्रा राई (ज्ञानु राई श्रेष्ठ)संग रु. ६० हजार, यसैगरि खोटाङको उर्मिला राईको रु.७५ हजार लिएको तथ्य प्राप्त भएको छ ।

समाचार सम्प्रेषण भएपछि ठगी आरोपित राईले झापाकी सृजना राईको पैसा फिर्ता गरेकोछन भने बाँकी पिडितहरूलाई पनि रकम पिर्ता दिने आश्वासन दिएको बताइएको छ ।

. . . . . . .  . . . . . . . . . . . . . . .  .  . . . . . . .  . . . . . . . . . . . . . . .  .

तपाईसँग समसामयिक सन्दर्भमा कुनै लेख\रचना, समाचार, प्रेस नोटहरु, सल्लाह, सुझाव र प्रतिक्रिया भएमा हामीलाई पठाउनुहोला ।

हामी सम्भव भएसम्म धन्यवादसहित प्रकाशन गर्नेछौं – सम्पादक ।

मुख्य कार्यलयः ललितपुर महानगरपालिका-१२, लगनखेल ।

Email:     everestnews@outlook.com

              evtelevison@outlook.com 

               Ph: 01-5550662, Cel:  98510 97929, 98088 94906, पोष्ट बक्स नं ९८५७,

गीत-सङ्गीत र कलाकारिताको लागि

nepaliculture@mail.com

Website:

Television:  https://everesthd.tv

Online News: https://everestnewsnepal.com

. .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . .

एभरेष्ट कल्चर मिडियाद्धारा उत्पादित समाचार, चलचित्र, बृत्तचित्र, अडियो तथा भिडियो लिंक . . .

कृपाया हाम्रो च्यानललाई सब्स्क्राइब, शेयर अनि बेल आइकोमा थिच्नु होला धन्यवाद  !

About Everest News 799 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*