
वैशाख ६, काठमाण्डौ । सरुवा रोगका विशेषज्ञा डा.शेर बहादुर पुनलाई स्वास्थ्य मन्त्रलयले मिडिया मार्फत अनाधिकृत खबर सार्वजानिक भन्दै स्पष्टिकरणको लागि मन्त्रालय बोलाएसंगै चौतर्फी ओलोचना भएकोछ ।
तिब्ररुपमा जनस्तरबाट मन्त्रायलको चौतर्फी खण्डन हुन थालेपछि मन्त्रालयले आफ्नो आधिकारिकबाट आम सञ्चार माध्यम तथा सामाजिक सञ्जालको प्रयोगकर्ताहरूलाई सचेत गराएको छ ।
जापानबाट भाइरोलोजीमा पिएचडी गरेका डा. पुनलेको अन्तराष्ट्रिय स्तरमा समेत राम्रा छवि भएका चिकित्सक हुन् ।
विदेश लाखौ कमाए सुकिला जिवन जीउनुभन्दा आफ्नो मतृभूमिको सेवा गर्नु उच्चतम थान्ने पुन १८ वर्षदेखि करारमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा कामगर्दै आएका हुन ।
उनको सरुवा रोग सम्बन्धीको लेखहरू अन्तर्राष्ट्रिय जर्नलहरूमा समेत उच्च प्राथमिताको साथ प्रभावकारी पेजहरूमा प्रकाशित हुन्छन ।

उनले हाल विश्वामा महामारीको रुपमा फैलिएको कोभिड-१९का बारे आफ्नो सेवा अवधिमा कुनै असर नपर्नेगरि सरल भाषा र सकेसम्म सबै सञ्चार माध्यमहरूलाई आफुले भ्याएसम्मको आफ्नो विज्ञता व्यक्त गरेको थियो ।
डा.पुन बताउनु हुन्छ ”डाक्टरको काम औषधिको प्रेस्क्रिप्सन लेख्ने मात्र होइन, रोग नै नलागोस् भनेर जनतालाई सचेत गराउनु हाम्रो दायित्व हो”, । ‘कोभिड -१९ जस्तो महामारीबारे चेतना एक–एकजनालाई भेटेर दिन सम्भव हुँदैन, मास मिडियाबाट जानुपर्छ ।’
”महामारी फैलाएर उपचार गर्ने भन्दा नि आम जनतालाई सचेत गराएर फैलिन नै नदिनु अति उत्तम उपाय हो भन्नुहुन्छ । त्यसको लागि आम जनस्तरसम्म सचेत गराउन आमसञ्चार माध्यममा बोलेको हुँ न कि आफू हाइलाइट हुन वा सरकारको विरोध गर्न पटक्कै होइन ।
सरकारको काम कारबाही र निति नियमको पक्षमा बोलेको होइन । जुन क्षेत्रमा मरो विज्ञता हो त्यही कुरा मात्रै सरल भाषामा व्यक्त गरेको हुँ ”।

देशको एउटै मात्र सरुवा रोगमा अहोरत्र खटिने कर्तव्य र बफादार सेवा प्रदायक चिकित्सकलाई सञ्चार माध्यमबाट आमजनसमुदायलाई महामारी सम्बन्धि सचेत गराएकै भरमा मन्त्रालयले स्पष्टिकरणको लागि मन्त्रालयमा बोलाएपछि आजको सबै पत्रपत्रिका तथा सामाजिक सञ्जालहरूको प्रमुख समाचार नै बनेको छ ।
डा. पुनको पक्षमा सबै जनताहरू उभिएपछि स्वस्थ्य मन्त्रालयले आफ्नो आधिकारिक पेजबाट सूचना प्रकाशन गर्दै सत्य तथ्या बङ्गाइएको भनि टिकाटिपनिको साथ सो नगर्न भनि सबैलाई सचेत गराएको छ ।
फेसबुक पेजमा लेखिएको छ– मिति २०७७बैशाख ६गते स्वस्थ्य तथा जनसंख्या मन्त्रालयको सूचानाः

कोभिड १९ को सन्दर्भमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्यरत स्वास्थ्यकर्मीहरूलाई कामको शिलसिलामा मन्त्रालय वा अन्तर्गतका जुनसुकै निकायमा काम गर्न खटाई संक्रमितहरूको स्वास्थ्य उपचार गराईरहेको छ । यसै शिलसिलामा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत डा। शेर बहादुर पुनलाई मन्त्रालयमा बोलाइएकोमा केहि पत्रपत्रिका तथा सामाजिक संजालमा सत्य तथ्य बंग्याई माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्रीज्यूको नाम समेत मुछि अनर्गल तथा दुष्प्रचार गर्ने कार्य भएकोमा यस मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ ।
कोभिड१९ का सन्दर्भमा जोसुकै र जुनसुकै स्वास्थ्यकर्मीलाई आवश्यकतानुसार मन्त्रालयबाट खटाउने कार्य भैरहेको छ र यस्ता स्वास्थ्यकर्मीलाई सरकारले सतप्रतिशत भत्ता र २५ लाखको बिमा समेतको व्यवस्था गरेको स्मरण गराइएको छ । यस सन्दर्भमा सत्य तथ्य नबुझिकन अनर्गल प्रचार प्रसार वा लेख ललेखाउने कार्य नगर्न नगराउनुहुन सचेत गराइन्छ ।
हाल उनी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुकाको क्लिनिकल रिसर्च युनिटको संयोजक हुन ।
Leave a Reply