ढुङ्गाको किला अर्थात लोकन्थली

ऐतिहासिक कालखण्डमा उपत्यकाका विभिन्न स्थानहरुलाई बुझाउन प्रयोग भएका नेपाल भाषामा स्थापित नामहरू नेपालीकरण हुँदै अर्थ बिपरितका शब्दमा रुपन्तरित भईरहेका छन् । भक्तपुरको लोकन्थली यसैको एक उदाहरण हो ।


नेपाल भाषामा ढुङ्गालाई बुझाउन ‘ल्वहँ’ शब्द प्रयोग हुने गर्दछ । ढुङ्गाको किला ठोकिएको थलो रहेकोले यस स्थानलाई त्यही बुझाउने अर्थमा नेपाल भाषामा ‘ल्वहँ कि: थली’ नामाकरण भएको देखिन्छ ।


नेपाल भाषाको रञ्जना लिपि प्रचलनमा नभएको तत्कालिन समयमा देवनागरीमा नै नेवारी शब्द लेख्नुपर्दा नेपाल भाषाका एक अक्षरी शब्दको अनेक अर्थ लाग्नाले सहि शब्दको प्रयोग भएपनि अर्थ बेग्लै लाग्नाले शब्दहरु अपभ्रंश हुँदै नया शब्दहरु सिर्जना हुँदै गईरहेको थियो ।

‘ल्वहँ कि: थली’ पनि ‘लोह किल थली’ लेखिन थाल्यो र त्यही लोहकिलथली अपभ्रंश भई लोकन्थली नामाकरण भयो ।


अरनिको राजमार्ग अन्तर्गतको माईतिघर देखि सूर्यबिनायकसम्मको सडक बिस्तार हुनु अगाडि पनि लोहकिलथली शब्द नै प्रचलित रहेकोले पुराना पसलहरुको ठेगानामा लोहकिलथली नै लेखिएको अझै पनि देख्न सकिन्छ ।

About Everest News 869 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*