
काठमाण्डौँ । दिपावलीको सुअबसरमा अखिल नेपाल आदिवासी जनजाति महासंघले देउसी भैलो कार्यक्रमको आयोजना गरि भव्यताको साथ तिहार मनायो ।

लिम्बु समुदायीकी ढुकढुकी गायिका मनु नेम्बाङको साथमा लोकप्रिय गायिका देसु सुहाङ क्रान्तिकारी गायक अमीत योन्जन तथा विशाल योन्जनले आफ्नो प्रस्तुतिहरू प्रस्तुत गरे ।

कलाकार असल पाख्रिन, देक्षण वाङ्बो लामा, पेमा वाङ्बो लामा, याङदेन वाङ्बो लामा, लक्ष्मि घर्ती, नबिना घर्ती, सरिता छन्त्याल, ललिता छन्त्याल र एलिशा छन्त्यलाले पुर्वदेखि पश्चिमसम्मको मौलिक नृत्य प्रस्तुत गरेका थिए ।

बाल कलाकार नोमिङ शेर्पाको कहा आउछ घुमेर बालपन उमेर नुत्यले कार्यक्रमलाई थप रोचक बनाएको थियो ।

साङ्गीतिक प्रस्तुतिमा मात्र होइन, कलाकारहरू समेत बाग्लुङदेखि सिन्धुपाल्चोकसम्मको स्थानीय कलाकारहरू बोलाइ मौलिक देउसी भैला कार्यक्रमको आयोजना गरिएको महासंघका अध्यक्ष प्रा.डा. ओम गुरुङले बताउनु भयो ।

विगेसो सिङ्गापूर विभागको निमन्त्रणामा कार्तिक ७ गते नखिपोट ललितपुरबाट प्रारम्भ भएको देउसी कार्तिक १३ गते बुधबार अध्यक्ष गुरुङको घरमा विशेष कार्यक्रमको साथ समापन भयो ।

कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष गुरुङले आदिवासी जनजातिहरूको हक अधिकारी सम्बन्धी आन्दोलनरत संगठन मध्ये सबै भन्दा जेठो संगठन अखिल नेपाल जनजाति महासंघ भएको बताउनु भयो ।

२०४४ सालमै स्थापित महासंघ समयसंगै आन्दोलन चरणहरू अगाडि बढे पनि केही समयदेखि कार्य व्यस्तताको कारण ओझलमा परेका स्वीकार्दै पुनः यसलाई शसक्त बनाइ आदिवासी जनजातिको हक र अधिकारको लागि अग्रगामी लड्न जुटेको बताउनु भयो ।

१८१६ सालबाटै नेपालका सम्पूर्ण आदिवासीले आफ्नो हक, अधिकार र पहिचान गुमाएको र राज्य आफै पनि अघोषित उपनिवेश भएकोले यसबाट छुटकरा दिलाउन आन्दोलनको कुनै कसुर नराखिने महासंघका महासचिव नगेन्द्र राईले बताउनु भयो ।

समापनका कार्यक्रममा प्रमुख अतिथि क्रान्तिकारी माअेवादी पार्टीका महासचिव मोहन वैद्य ‘किरण’ अस्वस्थ्यको कारण अथिति वर्गबाट विशेष अतिथि जनगणतान्त्रिक मोर्चका अध्यक्ष सिपी गजुरेलले देशमा अब तेस्रो जनआन्दोलनको आबश्यकता भएको र त्यसको लागि महासंघको भूमिका अत्यन्तै शसक्त रहेको बताउनु भयो ।

तेस्रो जनाआन्दोलनको लागि सबै जनता तयार रहन अव्हान गर्दै यो आन्दोलन तत्कालै सफल हुने र तत्पश्चात मात्रै नेपालमा सुशासन स्थापित हुने बताउनु भयो ।

कार्यक्रमको अन्त्यमा सबै कलाकार सहित मिडियाकर्मी तथा चलचित्र निर्देशक चन्द्र वाम्बुलेलाई समेत सम्मान गरेको थिए ।

कार्यक्रममा नेता परि थापा, सिताराम तामाङ लगायतको बरिष्ठ राजनितिज्ञहरूको बाक्लो उपस्थिति रहेको थियो ।



Leave a Reply