ललितपुर । सार्वजनिक स्थानमा एक महिलालाई गोप्य अङ्ग प्रदर्शन गरेको आरोपमा रक्षा मन्त्रालयमा कार्यरत शिक्षा अधिकृत पक्राउ परेका छन्।
पक्राउ पर्नेमा बैतडीको पाटन नगरपालिका–७ घर भई हाल ललितपुर महानगरपालिका–२ इमाडोल बस्दै आएका ५५ वर्षीय सुरेन्द्र भट्ट रहेका छन्।
प्रहरीका अनुसार इमाडोलस्थित सार्वजनिक स्थानमा एक महिलामाथि अश्लील व्यवहार गरेको घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरी वृत्त सातदोबाटोले अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानपछि भट्टलाई पक्राउ गरिएको हो।
प्रारम्भिक अनुसन्धानमा भट्ट सिंहदरबारस्थित रक्षा मन्त्रालयमा शिक्षा अधिकृतका रूपमा कार्यरत रहेको खुलेको प्रहरीले जनाएको छ।
हाल उनलाई प्रहरी हिरासतमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
@highlight
Leave a Reply