निशेष आङदेम्बेको ‘सुम्जो इङ्जुम नु सुम्जोहा’

गणेश वाम्बुले राई

पुष ५, काठमाण्डौँ । याक्थुङ (लिम्बू) भाषाका साहित्यकार निशेष आङदेम्बेको निबन्धमाथिको सैद्धान्तिक अध्ययन तथा सम्पादन कृति ‘सुम्जो इङ्जुम नु सुम्जोहा’ (निबन्ध सिद्घान्त र निबन्धहरू) कृति सार्वजनिक भएको छ ।

यो कृति सिरिजङ्गा लिपिमा प्रकाशित छ । मुन्धुम बुटिक एण्ड मेक्ख्ली हाउसले प्रकाशन गरेको कृति संघीय राजधानी काठमाडौंमा २०८२ पुस ५ गते शनिबार लोकार्पण गरिएको हो ।

किरात याक्थुङ चुम्लुङका अध्यक्ष प्रेम येक्तेन, मुन्धुमविद यहाङ लाओती, साहित्यकार राधिका हुक्पा चोङबाङ, नेपाल प्रहरीका पुर्व प्रमुख चन्द्रकुबेर खापुङ, प्रकाशन संस्थाका संचालक मुन्धुम मिभक, कवि बिमला तुम्खेवा, निबन्धकार निशेष आङ्देम्बेले सार्वजनिक गरेका हुन् ।

उक्त कृतिमाथि प्राज्ञ अमर तुम्याहाङ, भिमा खजुम र डिबी आङबुङले चर्चा गरेका थिए ।
साहित्यकार आङदेम्बेको यो चौथो कृति हो । यसअघि लिम्बू भाषामा ‘थाङबेन’ गजल संग्रह (२०६२), ‘हाङयुक्ना पाङयक’ निबन्ध संग्रह (२०६८) र ‘थिकनिसेन’ निबन्ध संग्रह (२०७७) प्रकाशित छन् ।

यसैगरी ‘आदिवासी जनजाति अधिकार सम्बन्धी संयुक्त राष्ट्र संघीय घोषणापत्र’ तथा आदिवासी जनजाति सम्बन्धी महासन्धि–१६९’ (२०२०) लिम्बू भाषामा अनुवाद गरेका छन् ।

यस ‘सुम्जो इङ्जुम नु सुम्जोहा’ कृतिभित्र साहित्यकार पश्चिमी साहित्य हुँदै पूर्वीय साहित्य, नेपालीसाहित्य तथा याक्थुङ (लिम्बू) साहित्यमा निबन्धको तुलनात्मक अध्ययन प्रस्तुत गरेका छन् । लिम्बू साहित्यमा निबन्ध आरम्भदेखि वर्तमानसम्म कस–कसले कस्ता निबन्ध लेखे र कति निबन्ध प्रकाशित छन् भन्नेबारे केलाएका छन् ।

निबन्धलाई सुम्जो, सुम्, तङ्हुप्ला या थक्सुम्भो किन कुन उपयुक्त हो भन्ने धारणा प्रश्तुत गरीएको छन् । निबन्धको सैद्धान्तिक पक्षमा चर्चा गरिएको छ ।पुक्तकको पहिलो अध्यायमा निबन्धको सैद्धान्तिक अध्ययन गरिएको छ । त्यसै गरि दोस्रो अध्यायमा १६ वटा बिभिन्न निबन्धहरुलाई सम्पादन गरिको छ ।

जसमा अमर तुम्याहाङ, आश मुरिङ्ला, डा. क्षितिज सुब्बा, दिलेन्द्र कुरुम्बाङ, निशेष आङदेम्बे, पूर्णकुमारी लिङ्देन, भीम कुरुम्बाङ, भीमा खजुम ‘मुसुम’, योगी एल. बी. नेम्बाङ, येहाङ लाओती, रूपलाल खाम्धाक, लछामी सेर्मा ‘पापो’, लेकाली कान्छा ‘मुक्कुम’, सन्तोष तेराप्पे, सुजुहाङ्मा याक्थुङ, सुहाङ्मा यङ्वागो लगायत स्रष्टाहरूको निबन्धलाई समेटिएको छ ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व–कुलपति बैरागी काइँलाले कृतिको भूमिकामा लेखक आङ्देम्बेको निबन्धकारीता तथा यस पुस्तक मार्पmत उलने अघि सारेका तर्कहरूमा माथि विबेचना गरेका छन् । लेखकले लिम्बू भाषाको निबन्ध लेखनलाई सन् १९२८–१९८० प्राथमिक काल, सन् १९८१–२०१० माध्यमिक काल र सन् २०११ देखि हालसम्मलाई आधुनिक काल मानि उल्लेख गरेका छन् । साथै काइँलाले यस पुस्तमा सम्पादीत निबन्धहरूमाथि विबेचना गरेका छन् ।

About Everest News 869 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*