
काठमाण्डौै , चैत्र-१५ । नेपाल एयरलाइन्सको विमान अबतरण हुने क्रममा नेपालगञ्जमा दुर्घटना भएको छ ।
काठमाण्डौैबाट नेपाल गञ्जको लागि उडेको 9N AKU विमान दाङको घाररही नजिक पुगेपछि नै असमान्य अबस्था देखिएको नेपालगञ्जको विमान स्थलमा अबतरण हुने क्रममा धावानमार्ग भन्दा केही पर दुर्घटना भएको विमानमा सावार डा. गणेश पन्तले बताए ।

पन्तले दुर्घटना भएको विमानमा केही क्षति भएपनि यात्रुहरू सबै सकुशल रहेको बताए ।
विमानमा चालक दल ३ जना र २ जना चिकित्सकहरू मात्र थिए ।

भेरि अञ्चल अस्तालको लागि औषधी तथा उपचार सामाग्री लिएर गएको विमान विहान ११ः३५ अबतरण हुने क्र्रममा विमान स्थलको बायापट्टिको झाडीमा दुर्घटना भएको थियो ।

कंक्रिटमा बज्रेर आगो लाग्ने डरले चालकदलले धावनमार्ग नजिक घाँसे मैदानमा अबतरण गराइएको हुनसक्ने अनुमान गरिएको छ । विमान घाँसे मैदानमा ८० मिटर घस्रिदै झाडीमा रोकिएको थियो ।
Leave a Reply