भदौ २, काठमाण्डौँ । एभरेष्ट टेलिभिजन नेटवर्क
सरकारी स्वमित्वमा रहेको सार्वजानिक सेवा प्रशारण संस्था नेपाल टेलिभिजनमा एकैसाथ २ जना वाम्बुले पत्रकारहरू पदोन्नति भएकाछन ।
समाचार महाशाखा निर्देशकमा पुष्पहरी क्याम्प राई र समाचार प्रमुख सम्पादकमा गजुनधन राई नियुक्ति भएकाछन ।
वाम्बुले मातृभाषी क्पाम्पाचो पाछाको पुष्पहरी क्याम्पा राईको जन्म मानेभञ्ज्याङ गाउपालिका ३ उबू ओखलढुङमा २०२७ सालमा भएका हुन ।
युगान्तर साप्तहिकबाट पत्रकारिता शुरु गरेका राईले २०४४ सालबाट नेपाल टेलिभिजनमा कार्यरत छन ।
गीतकार समेत रहेका बरिष्ठ सञ्चारकर्मी पुष्पहरी क्याम्प राईले २०५५ सालमा नै लिब्जु भुम्जु पुरस्कार स्थापनागरि बार्षिक रुपमा प्रदानगर्दै आउनु भएको छ ।
मातृभाषा पत्रिका लिब्जु भुम्जुमा प्रकाशित भएको कविता मध्ये हरेक वर्ष एक जनालाई पुरस्कार राशी सहित सम्मानगरि मातृभाषालाई प्रवद्र्धन गर्ने उदेश्यले कोष स्थापना गर्नु भएको हो ।

यसैगरि भ्वचाचो पाछाको वाम्बुले मातृभाषी गुजरधन राईको जन्म मानेभञ्ज्याङ ५ उदयपुर, ओखलढुङ्गा भएको हो भने उनी २०६० सालताकादेखि नेपाल टेलिभिजनमा कार्यरतछन ।
समाचार प्रमुख राई वाम्बुले राई समाज (वाम्रास)को केन्द्रीय अध्यक्ष समेत हुन ।
Leave a Reply