
दोस्रो यूरोप साङ्गीतिक यात्रा क्रममा हाल बेलायतमा रहनुभएको गायिका मनु नेम्बाङको आगमी ८ फेब्रुअरी २०२० मा लण्डन स्थित फेल्थममा भव्य कार्यक्रम हुने भएको छ ।

किरात याक्थुङ चूम्लुङ यू.के.को आयोजना हुने उक्त कार्यक्रममा गायिको नेम्बाङको गीति एल्बम निवारे पान्हाको लोकार्पण समेत हुने कार्यक्रम संयोजक नरवीर आङ्बोले बताउनु भयो ।

एकल साङ्गीततिक कार्यक्रम हुने भएकोले आयोजक प्रति भारी अभार प्रकट गर्दै कार्यक्रममा विशेष प्रस्तुतिको लागि पुर्वतयारीमा अभ्यस्त रहेको गायिका नेम्बाङले बताउनु भयो ।
कार्यक्रममा सबै समुदायको उपस्थितिको लागि आयोजक संस्था किरात याक्थुङ चुम्लुङ, संयोजक नरवीर आङबो, गायिका मनु नेम्बाङ तथा कार्यसमिति सबैको अनुरोध छ ।
Leave a Reply