एभरेष्ट संवाददाता
१६ फाल्गुन, काठमाण्डौँ ।
समावेशी समाजवादी पार्टीबाट प्रतिनिधि सभा सदस्यका लागि ओखलढुङ्गाबाट उम्मेदवार बनेकी पिंकी राईले आफू व्यक्तिगत राजनीतिक महत्वाकांक्षाका लागि नभई नागरिकको सेवा र न्यायका लागि चुनावी मैदानमा उत्रिएको बताएकी छन्।
मानेभञ्ज्याङ गाउँपालिका–३, उबूकी राईले ओखलढुङ्गाबाट यसअघि निर्वाचित भएका सांसद तथा मन्त्रीहरूले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको टिप्पणी गर्दै अब जनताको पक्षमा नेतृत्व परिवर्तन आवश्यक रहेको धारणा राखिन्। “मेरो उम्मेदवारी कुनै व्यक्ति वा पार्टीको जितका लागि होइन, जनताको जितका लागि हो,” उनले भनिन्।
राईले भौगोलिक र लैङ्गिक आधारमा नेपाली समाज तथा राज्यबाट विभिन्न प्रकारका विभेद र समस्या झेल्दै आएको अनुभव सुनाउँदै नागरिकता, रोजगार, शिक्षा र स्वास्थ्यजस्ता आधारभूत अधिकारबाट वञ्चित समुदायको प्रतिनिधित्व गर्ने उद्देश्यले उम्मेदवारी दिएको बताइन्।
उनका अनुसार देश अहिले राजनीतिक, आर्थिक, भौगोलिक, प्राकृतिक तथा सांस्कृतिक चुनौतीहरूको सामना गरिरहेको छ। यस्तो कठिन परिस्थितिमा देश र आफ्नो गृह जिल्ला ओखलढुङ्गाको विकास तथा सामाजिक न्यायका लागि अग्रसर हुनु आफ्नो दायित्व ठानेको उनले उल्लेख गरिन्।
“म र म जस्तै पछाडि पारिएका यौनिक तथा लैङ्गिक अल्पसंख्यक, विभिन्न जाति, धर्म, वर्ग, अपाङ्गता भएका व्यक्ति, श्रमिक तथा महिलाहरूको हकहितका लागि सिंगो देशको एजेन्डा बोकेर उभिएको छु,” राईले भनिन्।
उनले यस निर्वाचनमा मतदाताको अमूल्य भोटले विजय हासिल गरे
उनले यस निर्वाचनमा मतदाताको अमूल्य भोटले विजय हासिल गरे आम नागरिकको जित हुने र हारेमा आफ्नो व्यक्तिगत पराजय नभई पुस्तौंदेखि असमानताका कारण पछि पारिएका समुदायको हार हुने भएकोले आममतदाताहरूलाई कसैको लोप-लालच, प्रलोभन र आश्वसनमा नपरि विशेष सावधानी र बौद्धिकताको प्रयोग गरि मतदान गर्नुहुनु अनुरोध गर्नु भयो ।
आफू नेपालको राजनीतिक इतिहासमा पहिलोपटक आधिकारिक रूपमा अन्य (लैङ्गिक अल्पसंख्यक) उम्मेदवारका रूपमा मनोनयन भएको दाबी गर्दै समावेशिताको कुरा गरिए पनि व्यवहारमा अझै स्वीकार्यता नपाएकोमा दुःख व्यक्त गरिन्।
“हामी राज्य र समाजको बोझ होइनौं, देशको गहना हौं। संघर्षका विभिन्न क्षेत्रमा योगदान दिँदै नेपालको नाम उँचो राखेका छौं। हामी सक्षम छौं, तर अवसरबाट मात्र वञ्चित छौं,” उनले जोड दिइन्। राई यौनिक तथा लैङ्गिक अल्पसंख्यकबाट उम्मेद्धर बनेकी हुन ।
Leave a Reply