
एभरेष्ट न्यूज
बैशाख २५, काठमाण्डौँ । पहिलो ऐतिहासिक आदिवासी चलचित्र सुम्निमाका नायिका प्यारी राई विवाह बन्धनमा बाँधिएकी छिन ।

नायिका राईको डेब्यू चलचिलले नै नेपाल सरकारकोले प्रदान गर्ने उपल्लो दर्जाको सम्मान राष्ट्रिय चलचित्र पुरस्कारमा सर्बोत्कृष्ट सास्कृतिक चलचित्र पुरस्कार र न्यूयोर्कमा सम्पन्न नेपाल अन्तराष्ट्रिय चलचित्र पुरस्कारमा समेत सर्बोत्कृष्ट कथा विजेता बनेपछि पहलिो चलचित्रबाटै ऐतिहासिक सफलता हासिल पाउने सौभाग्यमानी नायिका हुन प्यारी राई ।
संयुक्त राज्य अमेरीकाको न्यूयोकमा समपन्न अन्तराष्ट्रिय चलचित्र महोत्सवमा ५ विधा (उत्कृष्ट निर्देशन, उत्कृष्ट नायिका लगायत कथा, सम्पादन र छायाङ्कन)मा मनोनयमा परेका चलचित्र सुम्निमाले कथा विधामा भने सर्बोत्कृष्ट पुरस्कार विजेत बनेको हो ।

चन्द्र वाम्बुलेको निर्देशन तथा सम्पादन रहेको चलचित्र सुम्निमाको निर्मात्री खेजी राई हुन । प्रवीण पुमाको कथाको रहेको चलचित्रको छायाङ्कन बारिष्ठ सिनेमेटोग्राफर युवराज राईको रहेको छ ।

नेपाली सिने जगतमाले आधा शताब्दी भन्दा लामो यात्रा पारगर्दा पनि आदिवासीको कथामा खासै चलचित्र बन्न नसकेको र बनेको केही चलचित्रहरूले पनि राज्यको एकल जातिय निति र कानुनको कारण चलचित्रसम्बन्धीको कडा निति र ऐनले गर्दा सबै प्रकृया पुरा हुन नसक्दा सुम्निमा पहिलो ऐतिहासिक पुरस्कार विजेता आदिवासी चलचित्र बन्न सफल भएको हो ।

डेब्यू चलचित्रले नै ऐतिहासिक सफलता हात पारेपनि आफ्नो अध्ययन पुराभएपछि मात्र पुन निरन्तरता दिनेगरि नायिका राई चलचित्र क्षेत्रबाट ओझेलमा परेको थिइन ।
उमेरको हिसाबले सानै भएपनि कलाकारितामा दखल नायिका राई दयाहाङ राई, सौगत मल्ल छिमलका हुन ।

लोकप्रियता भन्दा शिक्षा र चेतनालाई अब्बल मान्ने नायिका राई पछिल्लो समयमा चलचित्र जगतबाट केही टाढा रहेपनि उनको निजी जिवनले सफलता चुम्दैछ गएकोछ ।
स्नातक तहसम्मको औपचारिक अध्ययन पुरा गरेकी नायिका राईले ब्यूटिसियनको प्रशिक्षणसंगै पार्लर व्यवसाय सञ्चालन गर्दै आएकी हुन ।
जिजु बाजे तिलकसिं राई, हजुर बुबा लालबहादुर राई, बुबा नन्दकुमार राई र सहोदर दाजु विमल कुमार राई उसैगरि फुफु–फुफाजु खेजी राई र अमृत राई लगायत सबैको न्यानो स्नेहमा हुर्कोकी नायिका राई घरको एक्लो छोरी समेत हुन ।

एक छोरा र एक छोरी मात्र सन्तान रहेको नायिका राईको सहोदर दाजु विमालकुमार राई हाल बहराइन आर्मीमा कार्यरत छन ।
बहिनीको मगौनीलाई हजुरबुाबले सहर्ष स्वीकारी बचन दिनु भएकोले मग्नीको बेला उपस्थित हुन नसके पनि बहिनीको शुभ विवाह जसरी पनि उपस्थित हुने नायिकाका दाजु विमलकुमार राईले बताए ।

पहिलादेखि नै सानो परिवार सुखी परिवारको चेतना भएको नायिका राईको परिवार बुबा समेत दुई चेली सहित एक भाइ मात्रै छोरा हुन ।
आफन्तजनको चिनजानको माध्यमबाट नातिनीको हात माग्न आएपछि केटा सिधा र इमान्दारी लाग्यो र हुर्केको नातिनी आखिर एकदिन दिनैपर्ने भनेर हामीले बचन दियौ हसिलो मुद्रामा नायिका राईको हजुर बबुा लालबहादुर राइले बताए ।

खोटाङ दोर्फु आलेको स्थायी बासी जङ्गाबहादुर राई र कृष्णकुमारी राईको कान्छा सुपुत्र रोशन राई (प्यारी राईको मगनी दुलाहा) बैदेशिक रोजगारको लागि दक्षिण कोरिया जान अन्तिम तयारीमा रहेको बताइएको छ ।
विश्वमहामारी कोरोनाको कारण मगनी छिनफान भएको शुभविवाह भने केही समयपछि धुमधामसंग गरिने नयिका राईको सहोदर फुफु चलचित्र निर्मात्री खेजी राईले बेलायतबाटै बताइन ।

महालक्ष्मी नगर पालिका वडा नं १ ललिपुर इमाडोलमा बस्दै आएकी नायिकाको मगौनी रित भने मुल घर मानभञ्याङ २ वाक्सा, ओखलढुङ्गाबाट गरिएको नायिका बुबा नन्दबहादुर राईले बताए ।








Leave a Reply