फेटा बाध्ने प्रचलन

परापुर्वकालमा किराती समुदायको एकजना राजाले राती सपनमा एउटा सर्प आएर उनको टाउकोमा फन्का लगाएर बेरियो । उनले सपनाको कुरा सुनाएपछि भारदारहरु सबै प्रशन्न भएर यो अत्यन्तै शुभ संकेतको लक्षण हो भने । त्यसपछि शुभ संकेत प्रतीकको रूपमा राजा लगायत नागजाती सबैले कपालमा फेटा बाध्न थाले ।

त्यसरी नै पू्र्खालाई स्मरण गर्दै नागको पूजा गर्ने संस्कृतिको बिकास भयो । कपालमा बाधिने फेटा नाग जातिको प्रतीक चिन्ह किरात तथा बौद्ध संस्कृती हो ।
तर आजकल गैरनाग जो कोहिलाई पनि फेटा बाधिदिने चलन चलेको छ । हिन्दू आर्यको प्रतीक जनै भएझैं अनार्य नागहरुको प्रतीक फेटा हो ।

About Everest News 857 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*