
१५ संसिर । पुर्वेली लोक सङ्गीतका चर्चाको शिखर गायिका मनु नेम्बाङ ‘निवारे पान्हा’ कोशेली लिएर दोस्रो साङ्गीतिक यात्राका क्रममा बेलायतमा रहेकी छिन ।

हाक्पारे र पालमका क्वीनका रुपमा चिनिएकी गायिका नेम्बाङ गीत–सङ्गीतको प्रस्तुति भन्दा बेलायतमा रेकर्डिङ व्यस्तछिन् ।

एभरेष्ट कल्चर मिडियाका प्रबन्धक निर्देशक समेत रहेको नेम्बाङ तत्कालै बेलायत जानु पर्ने भएपछि आफ्नो स्टुडियोमा रेकर्डिङको लागि तयारी हुँदैगरेका बेलायतमा रहनुभएका गायक तथा गयिकाहरूको गीतहरू व्याकअप लिएर गत हप्ता बेलायत उडेका थिएन ।

कार्य व्यस्तता तथा सुविधाको हिसाबले बेलायतमै रेकर्ड गर्ने मनस्थितिको साथ बेलायत प्रस्थान गरेकी नेम्बाङ बेलायतमा रहेका कलाकारहरूको गीत रेकर्डिङ कार्य सम्पन्नपछि मात्रै आफ्नो प्रस्तुति कार्यक्रमहरू हुने बताइन् ।

हाल गीतकार तथा गायिका रिता फोम्बो ठूलीको यारक्ती पालम निजकै होमस्टुडियोमा रेकर्डिङ भइहरेको बताइन ।

उक्त पालाममा गायक दिलिप फुरुम्बोको स्वर समेत रहेकोछ ।

बेलायतमा रहनु भएका खासगरी लिम्बु समुदायमाझ साङ्गीतिक प्रस्तुतिपछि यूरोपमा बेल्जियम, पोर्चुगल, जर्मन, स्वीजरल्याण्ड लगायतका मुलुकहरूमा कार्यक्रम रहने बताइन ।

Leave a Reply