
एभरेष्ट न्यूज / टेलिभिजन नेटवर्क ।
चैत्र १२, काठमाण्डौँ ।
सोमबार बसेको मन्त्री परिषदको बैठकले विद्यृतप्राधिकराणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएर हितेन्द्र शाक्यालाई नियुक्ति गर्ने निर्णय गरेको छ ।
घरि देशमा लोड सेडिङ हुन्छ भन्दै आफबाह फैलाउने घरि नेपालको लोडसेडिङ मुक्तको श्रेय भारतलाई दिनुपर्ने भन्दै निर्धक्क सदनमा नै छिमेकी मुलुकको गुनगान गाएर चौतर्फी आलोचनामा खेपेको उर्जा मन्त्री दिपक खड्काको जोडबलमा परराष्ट्रमन्त्री आर्जु देउवा राणको साथ पाएपछि सत्तरुटदलकै असहमतिविच विद्युतप्राधिकराणको कार्यकारी प्रमुख कुलमान घिसिङलाई सरकारले हटाएको छ ।
गृहमन्त्री रमेश लेखकले सरकारले हटाएपनि घिसिङ अदालतबाट पुस्थापना हुने र देशमा समेत थप अन्योलता सृजना गर्ने बताउदै असहमति जनाएपनि पराष्ट्रमन्त्री राणा लगायत अन्यमन्त्रीको साथ पाएपछि सरकारले घिसिङलाई हटाएर एमाले निकट हृतेन्द्र शाक्य लाई नियुक्ति दिएको छ ।
घिसिङलाई हटाएसंगै नेकपा नेकपा माओवादी केन्द्रको अध्यक्ष प्रचण्डले सरकारले दुईतिहाई सरकारको दम्भ देखाएको भन्दै अलोचना गरेकाछन भने सत्तारुढ दलकै नेताहरूले समेत यो निर्णय विरुद्ध असन्तुष्टि जनाएकाछन।
लोडसेडिङको बेला ठुलो उद्योगहरूले खपत गरेको डेडिकेटेड तथा ट्रंक लाईनको बक्यौता निर्देशक घिसिङले असुल्ने कदम चाल्दा उर्जामन्त्री खड्काले उद्योगको बचाउ गरेपछि प्राधिकरण निर्देशक घिसिङ र मन्त्री खड्काबिच खटपट शुरु भएको हो ।
मन्त्रीले खड्काले नेपालमा लोडसेडिङ कुलमानले भन्दा पनि भारतले हटाएकोले त्यसको श्रेय भारतलाई दिनुपर्ने बताएपछि उनको तिब्र आलोचना भएकै बेला घिद्धसिङलाई हटाउने निर्णयले गरेका हुन ।
पदबाट हटाएपछि घिसिङ कानुनी उपचारको लागि अदालत जाने बताएकाछन ।
Leave a Reply