रवि लामिछानेको विपक्षमा सर्वोच्चको फैसला, संसद पद तथा गृहमन्त्री दुबै गुम्यो

माघ १३, काठमाण्डौँ ।

गृहमन्त्री रबि लामिछानेको विवादित नागरिकता र राहदानी बारेको बहस टुङ्गिएको छ ।

सर्वोच्च अदालतको फैसलाको सुनुवाइ भएसङ्गै उपप्रधान तथा गृहमन्त्री रबिलामिछाने आफु अनागरिक भएको भन्दै भावुकहुँदै मन्त्रालयबाट बाहिरिएकाछन ।

सर्वोच्च अदालतले गृहमन्त्री रबि लामिछानेमाथि परेको नेपाली नागरिकता र राहदिनी उपर परेको रिटमा फैसला सुनुवाइ गरेको छ ।

संयुक्त राज्य अमेरीकाको ग्रीन कार्ड लिएको लामिछानेले अमेरिकाको नागरिकता परित्याग गरेसङ्गै नेपालको नागरिकता पुनः नलिएकोले उनको नेपालको नागरिता बदर भएको ठहरिएको फैसलामा उल्लेख गरिएको छ । कुनै पनि नेपाली नागरिकले विदेशी नागरिक लिएमा नेपाली नागरिकता स्वतः खारेज हुने र विदेशको नागरिकता त्यागे नेपालको नागरिकता प्राप्त गर्न पुनः तोकिएको ढाँचामा निवेदन पेश गरि नागरिकता लिनुपर्ने संविधानमा उल्लेख छ ।

मन्त्री लामिछानेको विवादित नेपाली नागरिकताको विषयमा नागरिकता र राहदानी बदर भएको फैसला सुनुवाइ भएसंगै मन्त्री लामिछानेको संसद तथा मन्त्री पद दुबै खारेज भएको छ । यसैगरि लामिछाने निर्वाचित चितवान २ मा पुनः उपनिर्वाचन हुने भएको छ ।

लामिछानेले भने माघ १५ गते आइतबार नै जिल्ला प्रशासन कार्यालय काठमाण्डौँबाट नागरिकताको प्रतिलिपी लिइ चितवान क्षेत्र नं २ मा हुने उपनिर्वाचनमा उम्मेद्धार बन्ने लामिछानेको स्वकिय सचिव प्रकाश सिग्देलले बताउनु भयो ।

About Everest News 789 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*