कार्तिक २८, काठमाण्डौ ।
नेपालको गणतन्त्र लुटतन्त्र भएको नेकपा (क्रान्तिकारी माओवादी)नेता सिताराम तामाङले बताउनु भयो ।
नेपालको निर्वाचित जनप्रतिनिधिले नेपाली जनता र राष्ट्रहीत विपरित गतिविधि तथा एमसिसी जस्तो राष्ट्रघातक अमेरिकी परियोजना पासबाट नै प्रष्ट भएको उल्लेख गर्दै नेपालको संसदीय व्यवस्था भनेको चोरलाई चौतारा बनाइ दिने वा बाँदरलाई लिस्नु लगाउने काम काम मात्रै भएको नेता तामाङले बताउनु भयो ।

एभरेष्ट न्यूज टेलिभिजनको राजनितिक बहस कार्यक्रममा निर्वाचन किन बहिस्कार गर्नु भएको भन्ने प्रश्नमा नेता तामाङले सो कुरा बताउनु भएको हो । तामाङ ६ दशक देखि नेपाली बाम राजनितिमा सकृय लागेका नेता हुन ।
Leave a Reply