
आफ्नो मृत्यु हुनुभन्दा अघि एक बुबाले आफ्नो छोरालाई यसो भने: “यो तिम्रो हजुरबाले मलाई दिनुभएको १०० वर्ष पुरानो घडी हो ।
म तिमीलाई दिन चाहान्छु, तर त्योभन्दा अगाडि पसलहरूमा गएर “म यसलाई बेच्न चाहान्छु, कति मूल्य आउँछ भनेर सोधपुछ गर। छोरा घडी पसलहरूमा गयो र बुबाकहाँ आएर भन्यो, “घडी पुरानो छ भनेर पसलेहरूले रू. ५०० सम्म मात्र दिने प्रस्ताव गर्यो।
बुबाले फेरि भन्यो: कफी पसलहरूमा गएर यसको मूल्य बुझेर आऊ। छोरा गयो र बुबाकहाँ आएर भन्यो, “उनीहरूले रू. २०० सम्म दिन्छु भन्यो।बुबाले फेरि भन्यो: एकपटक संग्रहालयहरूमा पनि गएर घडीको मूल्य बुझ । ऊ गयो र खुसीहुँदै बुबाकहाँ आएर भन्यो,”संग्रहालयले रू. १० लाख दिन्छु भन्यो।
‘सहि ठाउँले मात्र सहि तरिकाले महत्त्व दिन्छ ‘
अन्तमा बुबाले छोरालाई यसो भने: “म तिमीलाई यो बताउन चाहन्थे कि सहि ठाउँले मात्र सहि तरिकाले महत्त्व दिन्छ। गलत ठाउँमा आफूलाई नखोज।
जुन ठाउँमा तिम्रो मूल्य हुँदैन त्यहाँ आफैलाई खोजेर क्रोधित नबन। कसैको निर्णय र नतिजाले तिम्रो महत्त्व नगुमोस्।
जसले तिम्रो महत्त्वलाई बुझ्दछ उनीहरूले तिम्रो कदर गर्नेछ। यस्तो ठाउँमा नबस जहाँ कसैले तिम्रो महत्त्व र मूल्य देख्दैन। (फेसबुकबाट साभार)
Leave a Reply