आईजेएफ कन्टिनेन्टल रेफ्री कविता सम्मानित

एभेष्ट न्यूज

९ भदौ, काठमाडौं । नेपाल जुडो संघ अन्तर्गतको रेफरिङ कमिसनले कविता पुनलाई सोमबार सम्मान गरेको छ । कवितालाई आईजेएफ कन्टिनेन्टल रेफ्री परीक्षा उत्तीर्ण गरेकोमा सम्मान गरिएको हो ।

जोर्डनको अम्मानमा अगष्ट १५ देखि १९ तारिखसम्म भएको परीक्षामा सफलतापूर्वक उत्तीर्ण गरेको पुनलाई सम्मान गरेको हो । पुनले ले एसियाली स्तरसम्मको जुडो प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्न योग्य भएकी छन् ।

नेपालबाट यो उपलब्धि हासिल गर्ने कविता दोस्रो महिला तथा समग्र १३ औं निर्णायक हुन् । नेपालबाट राधादेवी राई र रवि चौधरीले सहभागिता जनाएकोमा कविता मात्र सफल भएकी हुन् ।

कवितालाई जुडो महासंघका अध्यक्ष दीपकहर्ष वज्राचार्य र कमिसनका अध्यक्ष धर्मकुमार श्रेष्ठले एक कार्यक्रमबीच प्रशंसा पत्र प्रदान गरी सम्मान गरे ।

About Everest News 852 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*