बसाइँ सर्न थाले कर्‍याङकुरुङ ( ताल चरा ) :

अविनाश चौधरी / धनगढी ।

कर्‍याङकुरुङ सारस चरा भारततर्फ बसाइँ सर्न थालेका छन् । नेपाली आकाश हुँदै कर्‍याङकुरुङ ( ताल चरा ) बसाइँ सर्न थालेका हुन् । रसिया मङ्गोलियाबाट हजारौं किलोमिटर उडान भरेर यी प्रजातिका चरा भारततर्फ जानेगरेका छन् । नेपालको विभिन्न रुटहुँदै भारतको राजस्थान र गुजरातमा अस्थायी बसोबासका लागि जाने कर्‍याङकुरुङ ( ताल चरा ) त्यता करिब छ महिनासम्म बसोबास गर्नेगरेको चरा विदहरुको भनाइ छ । सेप्टेम्बर १ देखि १७ तारेखसम्म कर्‍याङकुरुङको बसाइँ सर्ने खास समय रहे पनि यस वर्ष सेप्टेम्बर २४ गतेबाट बसाइँ सर्न सुरु भएको चराविद हिरुलाल डङ्गौराले जानकारी दिनुभयो । उहाँका अनुसार कर्णाली कोरीडोर हुँदै कर्‍याङकुरुङ ( ताल चरा ) भारततर्फ गइरहेका छन् । बसाइँ सर्ने क्रममा कैलाली, कञ्चनपुर र बर्दियाका आकाशमा यी चराहरु देखा परिरहेको जनाइएको छ । मङ्गोलिया, रसिया र उत्तरी चीनबाट आउने कर्‍याङकुरुङ सारस प्रायः अङ्ग्रेजी अक्षर भी आकार बनाएर आकाशमा उड्ने गर्दछन् ।

कर्‍याङकुरुङ आवाज निकाल्दै आकाशमा कर्‍याङकुरुङ सारस देखा परिरहेको स्थानीय कृष्ण चौधरीले बताउनुभयो । भारतमा कर्‍याङकुरुङ ( ताल चरा ) जाडो यामभरी बस्ने गर्दछन् । जाडो याम सकिन थालेपछि पाकिस्तान, किर्गिस्तान, अफगानिस्तान लगायतका देश हुँदै पुनः रसिया, मङ्गोलिया, उत्तरी चीनतर्फ फर्कने गरेको चराविद डङ्गौराले बताउनुभयो ।

कैलालीको आकाशमा देखिएका कर्‍याङकुरुङ ( ताल चरा ) सारस । तस्बिरः हिरुलाल डङ्गौरा अर्घखाची डटकमबाट

About Everest News 891 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*