जाऊ बरु डाडै काटी. . .

पुष २३, काठमाण्डौँ ।

मन्धुमी गायिका अर्थात हाक्पारे पालम क्वीन उमा पाएकी गायिका मनु नेम्बाङ जाऊँ डाँडै काटी गीतककोे भिडियो अन्तिम चरणमा पुगको छ ।

पुर्वेली बरिष्ठ लोक गायक तथा अनुसन्धानकर्ता नविन खड्को शब्द तथा लय सङ्कलनमा गायक नविन खड्का र गायिका मनु नेम्बाङको स्वरमा रेकर्डिङ भएको पुर्वेली लोकभाका जाऊँ बरु डाँडै काटीको भिडियो निर्माण अन्तिम चरणमा पुगेको छ ।

सञ्चारकर्मी तथा चलचित्र निर्देशक चन्द्र निर्देशक वाम्बुलेको निर्देशन, छायाङ्कन तथा सम्पादन भएको गीत हाल पोष्ट प्रोडक्सन अर्थात सम्पादनको अन्तिम चरणमा रहेको निर्देशक वाम्बुलेले बताउनु भयो ।


एभरेष्ट रेकर्डिङ एण्ड फिल्म एडिटिङ स्टुडियो लगनखेलको पोष्ट प्रोडक्सन रहेको गीतको छायाङ्कन तेह्रथुम, धनकुटा तथा ललितपुरको लेले क्षेत्रमा भएको हो ।

गायिका मुन नेम्बाङ र कलाकार रुद्र पाहिमको फिचरिङ रहेको भिडियो मनु नेम्बाङको अफिसियल यूट्यूब च्यानेलबाट चाँडै सार्वजानिक हुने गायिका नेम्बाङले बताउनु भयो ।

पुर्वेली लोक ह्यारी भाकाको गीत भएको र शुरुको चरणबाट नै बरिष्ठ गायक नविन खड्का लगायत सबै क्रिउले अत्यन्तै मिहिनेत र जिम्मेवारीपूर्ण तबरले खोजअनुसन्धान तथा साधनाको साथ काम भएकोले अडियो तथा भिडियो कामबाट सन्तुष्टि रहेको र सार्वजानिक गर्नको लागि साह्रै उत्साहित भएको गायिका नेम्बाङले बताउनु भयो ।

भिडियो छायाङ्कनको क्रममा गायिका नेम्बाङको वाया खुट्टामा मकैको ढोडले गम्भिर चोट लागेपछि खुट्टामा सात टाका मार्नु परेको थियो भने गणेशमान सिँह मेमोरियल अस्पताल महालक्ष्मि स्थान, ललितपुरले शुरुमा घाउ भित्र भएको ढोडसहित घाउमा टाका मारेकोले गम्भिर समस्य परेको र माइनर अपरेसनगरि घाउलाई औषधी उपचार तथा महिना दिनसम्मको बेड रेष्टपछि हाल पूर्ण रुपमा ठिक भएकीछिन ।

About Everest News 852 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*