सिन्धुलीगढी दरबार

सिन्धुलीगढी दरवारको तत्कालिन श्री ३ महाराज जंग बहादुर राणाका भाई बम बहादुर राणाका छोरा बमवीर विक्रम राणाले वनाएका थिए । यो दरवार पूर्व २ नं क्षेत्रको प्रशासन सञ्चालन गर्ने अड्डाको रुपमा रहेको थियो । पछि राणा शासनको अन्त्य भैसकेपछि यो दरवार राष्ट्रिय स्वामित्वमा आएको थियो र जिल्ला सदरमुकाम सिन्धुलीमाढीमा सरी सकेपछि विस्तारै विस्तारै यो दरवार प्रयोजन विहिन बन्न गई भग्नावशेषको रुपमा रह्यो ।

वि.सं. १३६७ मा सिम्रौनगढका सेनाले काठमाडौँमा व्यापक लुटपाट गरी बनेपा हुँदै सिन्धुली गढीको बाटो भएर विदेह राज्य (जनकपुर र सीतामडी) फर्केका थिए । इतिहासका घटनाक्रम अध्ययन गर्दा डोयहरूको आक्रमणको करिब ४० वर्षपछि जयस्थिति मल्लका पालामा अर्थात् वि.सं. १४०६ को मङ्सिरमा बङ्गालका शासक समसुद्दिन इलियासको फौजले काठमाडौँलाई लगभग ध्वस्त बनाई फर्किंदा पनि सिन्धुलीगढीको बाटो हुँदै बङ्गाल गएका थिए । यो अपार क्षतिबाट विक्षिप्त भएर पुनः आक्रमणको प्रतिरोध एवं बचावटका लागि गढी स्थापना वि.सं. १४११ र वि.सं. १४५२ को बीचमा जयस्थिति मल्लले गरेका हुन् । राजा जयस्थितिले गढीको फेदीभन्दा केहीपर भारदारलाई सुराकीका रूपमा राखेका थिए । काठमाडौँका राजा यक्ष मल्लले अयोध्या र मगधसमेत नेपालमा गाभेपछि विदेशीलाई पुनः प्रत्याक्रमण गर्न नदिन वि.सं. १५१५ तिर सिन्धुलीगढीलाई मजबुत बनाएका तथ्य इतिहासमा पाइन्छन् । वि.सं. १५५६ तिर राजा शिवसिं मल्लले सिन्धुलीमा आक्रमण गरी विजय गरेपछि सिन्धुलीगढीलाई अधिकारमा लिएका थिए ।

वि.सं. १७४६ मा कान्तिपुरका राजा भुपालेन्द्र मल्लका भारदार र मोरङका बादशाह इन्द्रविधाता सेन (हरइन्द्र सेन) सिन्धुलीगढीमा भेला भई मैत्री सम्बन्ध स्थापना गरेका गरेका थिए । वि.सं. १८७३ मा शुरु भएको नेपाल–अङ्ग्रेज युद्धको समयमा सिन्धुलीगढीको सामरिक महत्व बुझेर तत्कालीन जनरल भीमसेन थापाले सिन्धुली गढीमा कानुनी रूपमा स्थायी सैन्य छाउनी व्यवस्था गरेका थिए । १८८६ माघमा जनरल थापाले पत्नी भक्तकुमारी देवीसहित सिन्धुलीगढीमा गारद सलामी लिएका पनि इतिहासमा उल्लेख पाइन्छ ।

सन् १८१९ मा गोर्खाली सेनाले गढी कब्जा गरेपछि गोर्खाली सेना बस्न पृथ्वीनारायण शाहले गढीमा काठ र खरको छानो राखेर घर बनेका थिए । पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्दाको समयमा सिन्धुलीगढी मकवानपुर राज्यअन्तर्गत पथ्र्यो । वि.सं. १९७५ सालतिर प्रधानमन्त्री चन्द्रशमशेरको पालामा सिन्धुलीगढीका कर्णेल कृतिमान खत्रीको नेतृत्वमा बडाहाकिम र सेना बस्न १४ ढोका, ५६ झ्याल, टिनको छाना, सिमेन्ट र इँटाको गारो लगाएको दुई तले दरबार निर्माण शुरु गरेको इतिहास पाइन्छ । पछि गढीका कर्णेल पुष्करविक्रमले दरबारको निर्माण पूरा गरेका थिए ।

वि.सं. १८२४ कात्तिक २४ गते इस्ट इन्डिया कम्पनीका कप्तान किनलकको नेतृत्वमा आएको दुई हजार चार सय अङ्गे्रजी फौजलाई राजा पृथ्वीनारायण शाहका पालामा वंशु गुरुङ नेतृत्वको नेपाली फौजले सिन्धुलीगढीबाट भगाएका थिए, जसमा झण्डै १६ सय अङ्ग्रेज सेना हताहत भएका ऐतिहासिक तथ्य छ । अङ्ग्रेजविरुद्धको यो जित दक्षिण एसियाकै इतिहासमा पहिलो विजय थियो भने अङ्ग्रेजहरूको पहिलो पराजय । रणकौशलमा निपूर्ण मानिएका ठूलो सङ्ख्यामा आएका अङ्ग्रेज फौजले गोलाबारी र बन्धुकका साथ सिन्धुलीगढीमाथि आक्रमण गरेका थिए । अङ्ग्रेज फौजमाथि वीर गोर्खाली सैनिकले बडो चातुर्य र बहादुरीका साथ लडेर बैरीको फौजलाई तहनहस मात्र पारेनन्, उनीहरूसँग रहेको हातहतियारसमेत बरामद गरेका थिए । सिन्धुलीगढिबाट पराजित भएर जनकपुर पुगेपछि अङ्ग्रेज कप्तान किनलोकले ‘अब म गोर्खाली सैनिकसँग लडेर नेपाल विजय गर्न नसक्ने भए’ भनेका कुरा इतिहासमा उल्लेख भएको पाइन्छ । नेपालको विकट भौगोलिक क्षेत्रमा पाइने जैविक विविधतासँग परिचत नभएका अङ्ग्रेज फौजलाई गोर्खालीसँगको यो युद्ध ज्यादै महँगो सबित भएको थियो । यो लडाइँमा स्थानीय जनताले पनि सिस्नु, अल्लो, अरिङ्गालको गोला, बारुलाको गोला, कमिलाको गोला आदिको प्रयोगले अङ्ग्रेजका फौजमाथि आक्रमण गर्न सघाएको भनाइ छ ।

—————-

इतिहाँस भित्रको इतिहाँस :

विक्रम सम्वत् १३६७ मा सिम्रौनगढका सेनाहरूले (डोयहरू)काठमाडौंँमा ब्यापक लुटपाट गरेर बनेपा हुँदै जनकपुर फर्किदा कमलामाई मन्दिरमा चढाएको मुकुट , मुलकोट, खुर्कोट जस्ता कोट लागेका स्थान ,सुल्तान समसुद्दीनको काठमाडौंँ आक्रमण , विसं १४०६ मंसिरमा राजा जयस्थिति मल्लको पालामा बंगालको सुल्तान समसुद्धिन इलियासले काठमाडौंं ध्वस्त बनाएको इतिहासको कारण सिन्धुलीगढी प्रमुख रणनितिक नाकाको रूपमा सधैं रहन पुगेको थियो ! पटक पटक काठमाडौंँ माथि आक्रमण हु्ँदा सिन्धुलीगढीको यही नाकाबाट शत्रुहरू आउने भएकोले सधैं यो ठाउँ मुख्य नाकको रुपमा प्रख्यात रह्यो ! जयस्थिति मल्लका नाति यक्ष मल्लले मिथिला, मोरङ्ग र मगध राज्य माथि आधिपत्य जमाएपछी पूर्वका शासकहरूले काठमाडौँ माथि आक्रमण गर्न नसकून भनेर विसं १५०० तिर यो गढी शसक्त वनाइएको थियो ! पछि मिथिला, मगध लगायत बंगालका ब्यापारिहरू दोलखा, काठमाडौंं बनेपासम्म ब्यापार गर्नको लागि आवत जावत गर्ने प्रमुख नाकाको रूपमा सिन्धुलीगढी रह्यो ! विसं १६५७ कान्तिपुरका तत्कालीन राजा शिव सिं मल्लले मकवानपुर, सिन्धुली र मोरङमा आधिपत्य जमाएपछि बंगालका शक्तिशाली शासकहरूले कान्तिपुर माथि सैन्य कार्यवाही गर्न नसकुन भनेर विसं १३६७ देखि राणाकाल तथा शाहकालीन समयसम्म राननैतिक, प्रशासनिक, सामरिक तथा ऐतिहासिक महत्व बोकेको देखिन्छ !

पृथ्वीनारायण काल

हामीले हाम्रा पूर्खाहरूले युद्ध जितेको बिजयका क्षणलाई भने सम्झन सकेका छैनौ । न ती बिजयलाई सही रुपमा उत्सवका रुपमा मनाउने प्रयास नै गरेका छौं ! नेपालको अस्तित्व बचाउने त्यो स्थल उजाड छ ! आश्विन २४ ( काशीको मतमा कार्तिक २४ ) गते विजय पाएको त्यो दिन नेपालीको आँखाबाट धुमिल भै सक्यो ! मुलुकको अस्तित्वनै रहने कि नरहने भैराखेको बेला सिन्धुली गढीको बिजयलाई सम्झिने युवा पुस्ता देखिदैन ! नयाँ पुस्ताले सिन्धुली गढीको महत्व र भावना नबुझी ,पुर्खाको पौरख नबुझी नेपालको मायाँ पल्हाउदैन ! केहि बर्षअघि इतिहासकार दिनेशराज पन्तले प्रकासमा ल्याएको टेकबहादुर कामीको संग्रह र किनलकको डायरीको तथ्यलाइ आधार मानी असोज २४ वा कार्तिकको पहिलो हप्ताबीचको समय अग्रेजलाई हराएको मिति भनि उदघोस गरेका थिए !

बाइसे चौबिसेको रुपमा टुक्रिएको कमजोर र आन्तरिक बिग्रह्मा फसेको नेपाल देखेर आँखा गाडेर बसेका ब्रिटिशहरुले बुढा महाराज श्री ५ पृथ्वीनारायण शाहको नेपाल एकिकरणको अभियानलाई नियाल्दै गरेका बखत मकवानपुर र कीर्तिपुरलाई क्रमशः वि.सं. १८१९ र वि.सं. १८२३ मा पराजित गरी गोर्खा राज्यमा गाभेपछि कान्तिपुरलाई गाभ्नु पर्ने आबश्यक भै सकेको थियो !कान्तिपुरे राजा जयप्रकाश मल्लले तत्कालिन वंगालका गभर्नरसँग शैनिक सहयोगका निम्ति फकिर रामदास र उमदा मुसलमान ब्यापारीलाई दूत वनाई सहयोगको याचना गरेको कुरा पृथ्वीले आफ्ना दुत हरुमार्फत थाहा पाइसकेका थिए !

फकिर राम दाश र उमदाले कान्तिपुरका राजा जयप्रकाश मल्लको अनुरोध इस्ट इन्डिया कम्पनी अन्तर्गत वंगालका तत्कालिन गभर्नर ह्यारी वेरेल्स्ट समक्ष पुर्याएपछि ब्रिटिशहरु ” के खोज्छस् काना आँखो ” खोज्दै किनलोकको नेतृत्वमा बेलायती फौज उत्तरतर्फ हिडाउन आतुर भयो ! यता पृथ्वीले आफ्ना चुनिएका र विश्वाशी सेनानायकहरू सिन्धुलीगढी र हरिहरपुर् गढिमा तैनाथीको लागि पठाए ! किर्तिपुर जिताउने श्रीहर्ष पन्त र मकवानपुर जिताउने काजी बंशराज पाण्डे (कालु पाण्डेका छोरा) लाई दक्षिणी मोहडातर्फको दुर्ग पौवागढीमा तैनाथ गरिएको थियो भने यसैगरी शिकारी अफिसर वंशु गुरुङ्ग र खजान्ची विरभद्र उपाध्याय नेतृत्वको फौज ठूलो गढीमा तैनाथ गरिए ! सिन्धुलीगढीको युद्धमा किनलोक नेतृत्वको व्रिटिश शेनालाई नराम्रोसँग पराजय भोगाए ! किनलोकको नेतृत्वमा आएको बेलायती फौजलाई विसं १८२४ कार्तिक महिनामा सुरुमा परास्त मनस्थिति बोकी सिन्धुली गढीबाट पार गर्न नसक्ने भएर क्याप्टेन किनलकको फौज काठमाडौं पुग्न हरिहरपुर गढीको वाटो रोज्न बाध्य भयो ! रात विरात, खोलाको भेल, अनेक दुख कष्ट सहदै किनलक आफना सहयोगी फौजसहित हरिहरपुर गढी पुगे ! त्यहाँ पनि कठिन भुबनौट, भोक प्यास , सैनिक निराशा र थकाइको कारणले किनलक को हरिहर्पुर्को ईरदा पनि निराश पूर्ण हुनपुग्यो ! उनको नेतृत्व गोर्खाली शेनाको अगाडि उभिन सकेनन् र तल हट्टीतिर लागे ! त्यतिखेर १६०० कम्पनी सेनाहरू सिधुली गढ़ीको युद्घमा मारिए भने कप्तान किनलोकसहित बचेका ८०० सेनाहरू रौतहटको जंगलमा गाउँ तीर छिरेर कर अशुल्न थाले ! यता पृथ्वीनारायणका शेनाले करिव १० महिनापछि इन्द्रजात्राको दिन काठमाडौं कब्जा गरे ।

*महाशक्ति बेलायती साम्रज्यवादको मनोवल झार्न सक्षम गोर्खाली शेना

बेलायती साम्रज्यवादलाई तत्कालिन संसारमा कसैले हराउन सकेका थिएनन् ! त्यतिखेरको स्पेन र क्यानाडाजस्ता शक्तिशाली राष्ट्रलाई अमेरिकाबाट चुटेर निकालेको , सिन्धुलीगढीमा गोर्खालीसँग युद्घ गर्नु भन्दा करिव ४ वर्ष अगाडि मात्र बेलायतले फ्रान्स जस्तो शक्तिशाली राष्ट्रलाई धुलो चटाएको थियो ! अभिमानी व्रिटिशहरुको नेपाल छिर्दाको मनोवल झार्न गोर्खालीहरुको भुटेको मकै र गुन्द्रुकको तागत काफी भएको थियो ! त्यो अजेय शक्ति सिन्धुलीगढीमा नराम्रोसँग पराजित भयो ! सिन्धुलीगढीको यूद्घमा गोर्खालीले व्रिटिश शेनालाई पराजित गर्न नसकेको भए सिङ्गो नेपालको निर्माण सम्भव हुने पनि थिएन ! जसले जे सुकै भनोस बुढा महाराज पृथ्वी नारायण शाह कालिन गोर्खाली शेनाको पौरखको गाथा नेपालको ईतिहांसमा स्वर्णाक्षरले लेखिएको छ ! इतिहासकारहरूले यसको ब्याख्या आआफ्नै ढंगले गरेको भएता पनिसिन्धुली गढीको जित गोर्खाली सेना र नेपाल एकिकरणको कोशेढुगा हो !

नेपाल अंग्रेज युद्ध (विसं १८७१-१८७३) अबधिभरी सिन्धुलीगढी सम्बेदनशील नाकाको रुपमा रहेको थियो ! यस नाकासहित विजयपुरदेखि हरिहरपुरगढीसम्मको लागि नेपालका तर्फबाट काजी जनरल भिमसेन थापाका भाई कर्णेल बख्तावरसिं थापा सेक्टर कमाण्डर रहेका थिए भने काजी रणवीर सिंह थापा सिन्धुलीगढीमा स्थानीय कमाण्डरको रुपमा रहेका थिए ! ठूलो सतर्कताका तथा निगारानी अपनाइएको यस युद्धमा अंग्रेजहरूको कुनै शक्तिले काम गर्न सकेको थिएन !

*नभएको भए आजको नेपाल कसरी ठडिन्थ्यो ?

१) वि.स. १८०१ आश्विन १५ गते नुवाकोट विजय !

२) वि.स. १८११ श्रावण २७ गते नालदुम (नगरकोट) विजय !

३) वि.स. १८१२ श्रवन १४ गते चौबिसी सिरंचोक विजय !

४) वि.स. १८१६ आषाढ २१ गते शिवपुरी विजय !

५) वि.स. १८१६ माघ १ गते काभ्रे विजय !

६) वि.स. १८१८ जेष्ठ ३० गते चौकोट विजय !

७) वि.स. १८१९ भद्र ९ गते मकवानपुर विजय !

८) वि स. १८१९ आश्विन २ गते तिमाल प्रदेश विजय !

९) वि.स. १८१९ आश्विन २० गते सिन्धुली विजय !

१०) वि.स. १८१९ आश्विन २२ गते हरिहरपुर विजय !

११) वि.स. १८१९ माघ १० गते मकवानपुरमा मीर कासिम संगको युद्ध विजय !

१२) वि.स. १८२० कार्तिक १० गते धुलिखेल विजय !

१३) वि.स. १८२३ किर्तिपुर विजय !

१४) वि.स. १८२४ कार्तिक सिन्धुलीमा अंग्रेज किनलक संगको युद्ध विजय !

१५) वि.स. १८२५ आश्विन १३ गते कान्तिपुर विजय !

१६) वि.स. १८२५ आश्विन १५ गते ललितपुर विजय !

१७) वि.स. १८२६ मंग्शिर १ गते भक्तपुर विजय !

१८) वि.स. १८२७ फाल्गुनमा तनहु विजय !

१९) वि.स. १८२८ पौषमा सताहूँ विजय !

२०) वि.स. १८३० भाद्र चौदंडी विजय !

२१) वि.स. १८३० भाद्र विजयपुर विजय !

पृथ्वीनारायण शाहको फौजलाई २४८ वर्षअघि भीर, पाखा , थुम्का , उकाली–ओराली छिचोल्दै सिन्धुलीगढी सिन्धुली गढ़ीको सुरक्ष्या गर्न निकै गाह्रो भएको होला ! सिन्धुलीगढी नआइपुग्दै पौवागढी तथा ढुंग्रेबास इलाकामा लुकेको गोर्खाली फौजले अगाडि र पछाडि दुईतिरबाट व्रिटिश्को १ हजार ६ सय दुश्मन मार्न समय लाग्यो होला ! विसं १८२४ असोज /कार्तिक २४ गतेको यो लडाइँ अंग्रेजहरूसँगको पहिलो लडाई थियो ! सिन्धुलीगढी, किल्ला, तोप राख्ने घर, टुँडिखेल, सेनाले कवज खेल्ने र हातहतियार लुकाउने ठाउँसहित गढीको संरचना यथावत् छन्, आजसम्म ! अन्ततः १८२५ सालमा नेपाल एकीकरण सम्भव भयो र सिन्धुलीगढी ऐतिहासिक धरोहरको रूपमा परिचित हुन पुग्यो।

राणाकालमा पूर्व २ नम्बर क्षेत्रमा बडाहाकिम अड्डा बनाएपछि गढीमा फौजको छाउनी, बिभिन्न अड्डा ,अदालत, स्थापित गरिएको थियो ! अंग्रेजहरूलाई नेपाली सेनाले आक्रमण गरी विजय ठाउँमा माओवादीले सशस्त्र विद्रोह गरेको सुरुआतको दिन २०५२ साल फागुन १ गते रुकुम र रोल्पासँगै सिन्धुलीगढी दरबारको प्रहरीचौकीमा पनि आक्रमण गर्यो ! यो ऐतिहासिक स्थल इतिहासविद्, अन्वेषक र इतिहांसकारकोलागि अध्यन केन्द्र हो ! किल्ला, तोप राख्ने घर, टुँडिखेल, सेनाले कवज खेल्ने ठाउँ, फौज राख्ने छाउनी इतिहाँसको धरोहर हो ! डलर खाने गणतन्त्रको लागि यो स्थानको महत्व नहोला तर नेपाल र नेपाली पनमा अभिमान गर्नेकोलागि यस ठाउँको महत्व उच्च रहनेछ !

Source: Gobinda Raj Ojha, Link: https://www.facebook.com/share/p/1BY28mU2e1/

About Everest News 852 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*