किरातकालिन मुर्ती (वाबुक/चिण्डो) बोकेको स्विङ्खहाङको मुर्ती र ललितपुर बङ्गलामुखी मन्दिर जाने गोल्डेन टेम्पल परीसर
———————————————–
यो तस्बिर नेपालको ईतिहासमा ३२ पुस्ता सम्म शाषन गर्ने किरात राजाहरु मध्येको २८औं किराती राजा पटुकको दरबार परीसरमा रहेको (ललितपुर जील्ला स्थित शंखमुल पारी पाटन दरबार परिसर मंगलबजार छेऊ,कृष्ण मन्दिर र बगलामुखी मन्दिर जाने बाटोमा रहेको २८ औं किराती राजा पटुक दरबार(पटुक डो) नजिकै रहेको प्रचलित गोल्डेन टेम्पल अगाडिको हो।
यस क्षेत्रको स्थानिय पुष्प कपाली लगायत स्थानियवासीहरुको अनुसार यस गोल्डेन टेम्पल परीसर किरातकालमा पुजा गरीने पुजाथान/माङथान रहेको थियो र पटुक राजा लगायत किराती राजाहरुले त्यस माङथानमा पुजा गर्दथिए भन्ने श्रुति परम्परामा आधारित ईतिहास भन्ने गरेको पाईएको छ।त्यसै गरेर …
यस गोल्डेन टेम्पल) परीसरमा स्थानियवासीहरुको अनुसार किराती राजाहरुको घोडा बान्ने (तबेला) समेत रहेको हाल सबै अतिक्रमित भईसकेको बताऊने गरेको पाईएको छ।त्यस्तै गरेर यस क्षेत्र भन्दा अलिक पर रहेको एक मन्दिरमा किरातीहरुले मुन्दुमी संस्कार अनुसार प्रयोग गर्ने वाबुक/सोलोन्वा चिण्डो बोकेको मुर्ती रहेको र हालको बगलामुखी मन्दिर परीसरमा समेत स्थानिय किसानहरुले किराती राजा स्विंखहाङको मुर्ती बेवारिसे अवस्थामा खेतमा फेला पारेको र हाल ती मुर्तीहरुको पहिचान हुन नसक्ने गरी..
गरीएको हो भन्ने कुरा अध्येता पेशल राई ज्युको प्रारम्भिक खोज अनुसन्धानबाट बताईरहनु भएको छ।यदि हामीले यलाखोम उपत्यकामा अझै पनि यस्ता उपेक्षित र जीवित अवस्थामा रहेका विभिन्न मठ-मन्दिर बौद्ध विहार लगायत किरातकालिन ऐतिहासिक स्थलहरु/पुरातात्विक भग्नाशेषहरुको खोज-अनुसन्धान गर्ने हो भने यस्ता किरातकालीन ऐतिहासिक प्रमाणहरु धेरै प्राप्त गर्न सकिने सम्भावना देखिन्छ।हामीले किरात सभ्यता/संस्कृती/मुन्दुमी र किरात सभ्यताकालिन/ऐतिहासिक स्थल/गढि-दरबार र यस्ता माङथान र भग्नावशेषहरु संरक्षण गर्नुपर्ने कामहरु धेरै नै बांकि रहेको छ।अतः-निरन्तर सांस्कृतिक जागरणमा लागीरहौ।
साभार सामाजिक सञ्जाल: https://www.facebook.com/photo/?fbid=3974882555978188&set=a.101603739972775
Leave a Reply