
बिक्रम संवत २०१३ साल कार्तिक १० गते अर्थात आजकै दिन ६८ वर्ष अगाडि के.आई. सिंहले पोखरामा गरेको त्यो भाषण
डोटी जिल्लाको डुम्राकोटमा कुँवर नरध्वज शाहीको छोराको रुपमा १९६३ बैशाख १३ मा जन्मेका थिए । बाबुले शुरुमा कुँवर इन्द्रध्वज शाही नाम राखिदिए पनि आफ्नो नाम पछि इन्द्रजित शाही हुदै कुँवर इन्द्रजित सिंह भए तर उनको चर्चा भने डा. के.आई. सिंह नामले नै भयो ।
सानै उमेरमा भारतको लखिमपुर गएका उनि पढाइ सकिएर पनि अंग्रेज सेनामा भर्ति भएका केआई सिंह सेनाको जागीर छोडेर होमियोप्याथीका डाक्टर बनेका थिए । ब्यबसायको सिलसिलामा बर्मा गएर बसे । दोश्रो विश्व युद्धको समाप्ती पछि भारत फर्केर नेपाली सीमा नौटनवामा औषधी दुकान खोलेर बसे । यहि नै उनि होमियोप्याथिक डाक्टर बने ।
नौतनवा बसाइकै क्रममा नेपालीहरु बढि उपचारमा आउने हुँदा उनलाई नेपाल सम्बन्धी ज्ञान पनि बढ्यो साथै नेपाली राजनीतिमा रुचि पनि जाग्यो । बिस्तारै राणाविरोधी गतिविधीमा लागे पछि राणा सरकारले उनलाई नेपाल प्रबेशमा रोक लगाए । यसै बिच राजा त्रिभुवनको दिल्ली पलायन भयो । भारतको सहभागितामा गोप्य रुपमा राणा, राजा र भारतको सम्झौता भयो ।
राजाको स्वदेशी फिर्ती पछि उनले खुलेरै दिल्ली सम्झौताको विरोध गर्न थाले । राणा शासनको समाप्ती पछि पनि मोहनशम्शेरलाई नै प्रधानमन्त्री बनाइदा उनको चित्त बुझेको थिएन । प्रजातन्त्र घोषणाको भोलिपल्ट नै २००७ फागुन ८ गते दिउसो ४ बजे उनले भैरहवामा आक्रमण गरे । यो आक्रमणमा नेपाली सेनाका पनि ४ जनाको मृत्यु भयो । साथै के.आई. सिंहको समुहका ९ जना मारिए ९ जना समातिए । यसको लगत्तै नेपाल सरकारले भारत सरकारलाई अनुरोध गरि भोलीपल्टै फागुन ९ गते उनि सहित ३५७ जना समातिए ।
भारत सरकारले उनलाई नेपालमा सुपुर्दगी गर्यो । यसपछि भैरहवा जेलमा रहेका उनि असार २७ मा जेल तोडेर भागे । २००८ साउन २५ मा समाइएका उनलाई भदौ २७ मा काठमाडौ पुर्याइयो । काठमाडौमा सिंहदरवारमा कैद राखियो भने अन्य सहयोगीहरुलाई श्रीमहल, नक्खु तथा सेन्ट्रल जेलमा राखियो ।
यता बिद्यार्थी आन्दोलनको क्रममा कार्तिक २० गते चिनियाकाजीको सैनिकको गोलीबाट मृत्यु भएपछि गृहमन्त्रीको हैसियतमा विपी माथी दवाव सिर्जना भयो । अन्तत गृहमन्त्री विपीले राजिनामा दिए । त्यसपछि मोहन शम्शेरको नेतृत्वको सरकार २००८ कार्तिक २६ गते ढल्यो । मंसिर १ गते मातृकाको नेतृत्वमा नयाँ सरकार बन्यो ।
माघ ४ मा रक्षा दलका बिद्रोही मध्यका रामप्रसाद राई तथा अग्नि प्रसाद खरेल समातिए । माघ ८ को राती रक्षा दलको सिंहदरवारमा रहेको ब्यारेकमा रहेको तीन बटालियनका २७०० जति रक्षा दलका सैनिकले बिद्रोहको शुरुवात गरे । रक्षा दलले सबैभन्दा पहिले सिंहदरवार भित्र कैद भएका कैदीहरुलाई मुक्त गर्यो ।
कैदी मध्यका के.आई. सिंहलाई उनिहरुले अगुवाको रुपमा उभ्याए । रामप्रसाद राई एवं अग्नीप्रसाद खरेललाई पनि रिहा गराए । रक्षा दलले बिजुली अड्डा कब्जा गरेर राती उपत्यकालाई अन्धकार बनाइदिए । त्यसपछि आकाशवाणी र टेलिफोन पनि कब्जा गरेर सञ्चारबाट बन्देज गराइदिए ।
रातारात बिद्रोहीहरुले ठिमीको गठ्ठाघर, सानो टुँडिखेलको जंगी अड्डा, तोपखाना, हतियार भण्डार, विमानस्थल, मुलुकी खाना तथा सिंहदरवारको सेक्रेटरियट पनि कब्जा गरिसकेका थिए । बिहान सम्ममा सबैजसो प्रमुख कार्यालय रक्षादलको नियन्त्रणमा आइसकेको थियो । धेरैजसो मन्त्री तथा प्रधानमन्त्री सुरक्षाको लागी राजदरवारमा शरण लिन पुगेका थिए ।
यसरी आफ्नो नियन्त्रणमा लिएको भए पनि रक्तपातपूर्ण हुन सक्ने सम्भावना देखेपछि दिउसो २ बजे दरवारको प्रत्युत्तरको प्रतिक्षा नगरि के.आई. सिंह आफ्नो बिश्वासिलो समुहको साथ सिंहदरवार दक्षिण ढोकाबाट चुपचाप निस्किए । उनले आत्मसमर्पण गरेनन् । सैनिकले उनको समुहमाथी कुनै आक्रमण गरेन । करिव १६-१७ घण्टामा नै बिद्रोह समाप्त भयो । यस विद्रोहलाई पछि मातृका सरकारले अतिरञ्जित रुपमा प्रचारवाजी गरेर के.आई. सिंह गलत भएको प्रमाणित गर्न खोजे ।
यसरी सिंहदरवारबाट चुपचाप हिडेको केआई सिंह सहितको समुह तिब्बतमा शरणार्थीको रुपमा रहेर साढे तीन वर्ष पछि चीनिया सरकारको अनुरोधमा नेपालले उनलाई फिर्ता बोलाउन तैयार भयो । २०१२ भदौ २७ मा काठमाडौ आइपुग्दा लक्ष्मीप्रसाद देवकोटाको अध्यक्षतामा स्वागत तथा सम्मान कार्यक्रमको आयोजना गरिएको थियो ।
चीनबाट ससम्मान स्वदेश फर्केको एक वर्ष पछि २०१३ साल कार्तिक १० को संयुक्त प्रजातन्त्र पार्टी (युनाइटेड डेमोक्रेटिक पार्टी) को महाधिवेशनका लागी पार्टीका अध्यक्षको हैसियतले के.आई. सिंह पोखरा भ्रमणमा आइपुगेका थिए । पोखरामा भएको बिशाल आमसभामा के.आई. सिंहले भाषण गरेका थिए ।
के.आई. सिंहका साथ लक्ष्मीप्रसाद देवकोटा, धर्मरत्न यमी तथा पूर्णबहादुर एमए पनि पोखरा आएका थिए । धर्मराज थापा यतैको हुँदा पोखरामा धर्मराज थापाको आतिथ्यतामा रहेका कारण उनको साथ बाटुलेचौरमा पनि पुगेका थिए । त्यहि बाटुलेचौरमा सानो कवि सम्मेलनको पनि आयोजना गरिएको थियो ।
यहिँ बसाइमा उनले पोखराबाट बाटुलेचौर जान सकस देखेर पुल बनाउन सहयोग गर्ने बचन दिएका थिए । पछि प्रधानमन्त्रि बनेपछि केही आर्थिक सहयोगका साथ स्थानीयमा उत्साह थपेर सेतीमा पुल बनाइएको हुँदा सो पुलको नाम नै केआई सिंह पुल राखिएको थियो । जुन अध्याबधी यहिँ नामले प्रख्यात रहेको छ ।
यसरी उग्र स्वभावका के.आई. सिंहलाई २०१४ साउन ११ गते राजा महेन्द्रले प्रधानमन्त्रीमा मनोनित गराएका थिए । भारतीय दवावमा रहेका राजा महेन्द्रले उग्र स्वभावका चीनिया निकटका यिनलाई प्रधानमन्त्री बनाएको अनुमान गर्न सकिन्छ । यिनको सरकारमा पशुपतीभक्त माथेमा तथा लक्ष्मीप्रसाद देवकोटा जस्ता ब्यक्ती मन्त्री बनेका थिए ।
जनताको लागी मन लगाएर सरकार चलाउदै गरे तापनि राजाले कार्तिक २९ गते उनको सरकारलाई अपदस्त गराइ सरकारको जिम्मा आफ्नै हातमा लिए । केवल ११२ दिन सरकार चलाउन पाए पनि उनको चर्चा सबैभन्दा बढि हुन गएको देखिन्छ । शायद नेपालको इतिहासमा सबैभन्दा छोटो अवधीका प्रधानमन्त्री यिनै थिए । र सिंहदरवार कब्जा गरेको हुँदा एक दिने राजा पनि गरिन्छ भन्ने जानकारी सुनिल उलाकले फेसबुक मार्फत शेयर समेत गर्नु भएको छ ।
https://www.facebook.com/photo?fbid=10222982937835439&set=pcb.10222982939315476



Leave a Reply