‘तपस्वी’ बम्जनलाई पक्राउ

पुष २४, काठमाण्डौँ ।

लिटल बुद्ध भनेर चिनिने ‘तपस्वी’ राम बहादुर बम्जनलाई पक्राउ गरेको छ । उनी काठमाडौँबाट पक्राउ परेका हुन् ।

बाराको हलखोरिया जंगलमा तपस्या गरेर चर्चा कमाएका बम्जनलाई केन्द्रिय अनुसन्धान ब्यूरो(सिआईबी)को टोलीले पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ ।

बम्जनको आश्रमबाट आनिसहित ४ जना युवतीहरू बलत्कार गरि हत्या गरेको तथा परेको आरोपमा २०७७ सालमा नै उजुरी परेपछि प्रहरीले लामो समयदेखि उनलाई खोजी रहेको थियो ।


बम्जनको सिन्धुपाल्चोक इन्द्रवती गाउँपालिका स्थित बाँडेगाउँ र सिन्धुलीको आश्रममा यसअघि प्रहरीले छापा मार्दा भाग्न सफल भएको थियो ।

मकवानपुरकी फूलमाया रुम्बा, नुवाकोटकी कर्मा भनेर चिनिने चिनिमाया तामाङ, मकवानपुरका सञ्चलाल बाइबा र बाराका सुरेशकुमार आले मगर बेपत्ता भएको भनेर उजुरी परेको थियो । उनीहरुको हत्या भएको हुन सक्ने आशंका गरिए पनि प्रहरीले प्रमाण भेट्टाउन सकेको छैन ।

About Everest News 791 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*