
एभरेष्ट न्यूज
असोज १६, काठमाण्डौँ । त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकाय परीक्षा नियन्त्रण महाशाखा बल्खु काठमाडौंले परीक्षा आवेदन फारम भर्ने सम्बन्धि अत्यन्तै जरुरी सूचना निकालेको छ । सूचनामा भनिएको छ ।

यस संकाय अन्र्तगत सेमेस्टर प्रणालीमा आधारित स्नातकोत्तर तह (खुला तथा दुर सिकाई समेत) चौथो समेस्टर (नियमित तथा आंशक) को २०७७ साल मंसिरको चौथो सातादेखि सञ्चालन हुने भनिएको परीक्षामा सामेल हुनका लागि २०७७ साल मंसिर ६ गतेसम्म आ–आफ्नो क्याम्पसमा सम्पर्क गरी परीक्षा आवेदन भरी बुझाउनुहुन सम्बन्धित सबैलाई सूचित गरिन्छ ।
निर्धारित समयमा परीक्षा आवेदन फारम नबुझाउने परीक्षार्थीले दोब्बर दस्तु बुझाई २०७७ साल मंसिरको १० गतेसम्म परीक्षा आवेदन बुझाउन सक्नेछन् । सबै क्याम्पसहरुले आवेदन फारम बापत संकलित शुल्क एकल फारमको हकमा २०७७ साल मंसिरको ७ गतेभित्र र दोब्बर दस्तुरको हकमा २०७७ साल मंसिर ११ गतेसम्म यस संकायको खातामा रकम जम्मा गरी सक्कल भौचर सहित फारम २०७७ साल मंसिरको १३ गतेसम्म बुझाई सक्नका लागि यो सूचना प्रकाशन गरिएको छ ।
Leave a Reply