काठमाडौंमा रु १००० दरका नक्कली नोट
प्रहरीले ९३ थान गोकर्णेश्वरबाट बरामद गरेको छ। योभन्दा ठूलो परिणाममा बजारमा गइसकेको हुनसक्छ।
यसर्थ, हेर्दै निकै चिल्लो, अलिक पातलो, दुईतिरबाट समातेर हल्लाउँदा ‘कडकड’ आवाज नआउने नोट लेनदेन नगर्नुहोला।
नक्कली नोट चिन्ने केही तरिकाहरू
१. पानीछाप नोटलाई उज्यालो प्रकाशतर्फ राखेर हेर्दा लालीगुराँसको आकृति स्पष्ट देखिन्छ।यो कागज बनाउने क्रममै तयार पारिने हुनाले अत्यन्त स्पष्ट र सूक्ष्म हुन्छ। नक्कली नोटमा यसलाई बाहिरबाट प्रिन्ट गरिएको वा मैनको प्रयोग गरी बनाइएको हुन्छ, जसमा सक्कलीको जस्तो स्पष्टता हुँदैन।
२.नोटको अगाडि र पछाडि दुवैतर्फ छापिएका आधा-आधा आकृतिहरू प्रकाशमा राखेर हेर्दा पूर्ण अङ्क (जस्तै: १०००) को रूपमा देखिन्छन्। नक्कली नोटमा यी आकृतिहरू अक्सर ठ्याक्कै मिल्दैनन्।
३. सुरक्षण धागो (Security Thread): सक्कली नोटको सुरक्षण धागोभित्र ‘NRB’ र नोटको दर लेखिएको हुन्छ। यो धागो प्रकाशमा हेर्दा एउटै सिधा रेखाको रूपमा देखिन्छ।
४. सक्कली नोटको सगरमाथाको चित्र, ‘नेपाल राष्ट्र बैंक’ लेखिएको अक्षर र नोटको दर लेखिएको अङ्कमा औँलाले छाम्दा उठेको महसुस हुन्छ। नक्कली नोटहरू अक्सर चिल्ला वा चिप्ला हुन्छन्।
५. दृष्टिविहीनहरूका लागि विशेषता: रु. १,००० को नोटमा ‘M’ अक्षर र रु. ५०० मा विभिन्न डटहरू उठेको अवस्थामा हुन्छन्, जसलाई छामेर नोटको दर पहिचान गर्न सकिन्छ।
६. रङ परिवर्तन हुने मसी (OVI): नयाँ श्रृंखलाका रु. ५०० र १,००० का नोटहरूलाई युभी लाइटमुनि पारेर ढल्काउँदा सुरक्षण धागो वा केही विशेष अङ्कहरूको रङ परिवर्तन
हुन्छन्। १,००० को नोटलाई माथि-तल ढल्काउँदा सुरक्षण धागोभित्रका आकृतिहरू चलेको जस्तो देखिन्छ।

Leave a Reply