
किरात याक्थुङ चुम्लुङ यू.के. ननिटन, शाखाको आयोजनामा आगमी १६ फेब्रुअरी २०२०, गोर्खा कर्नरमा भव्य साङ्गीतिक कार्यक्रम सम्पन्न हुने भएको छ ।

पालाम क्वीनले परिचित गायिका मनु नेम्बाङ दोस्रो यूरोप साङ्गीतिक यात्राको क्रममा बेलायत पुगेकीछिन र उनै नेम्बाङको एकल साङ्गीतिक प्रस्तुति रहनेछ ।

२९ डिसेम्बर २०१९मा फल्कस्टोन,यू.के.बाट शुरु भएको बेलायतको साङ्गीतिक कार्यक्रम हरेक हप्ता नेपाली समुदाय रहेका शहर तथा टोलाहरूमा किरात याक्थुङ चुम्लुङ यू.के. केन्द्र, शाखा लगायत अन्य विभिन्न संघ–संस्थाको सहकार्यमा कार्यक्रमको आयोजना भएको गायिका नेम्बाङले बताउनु भयो ।

Leave a Reply